Contact Form

Name

Email *

Message *

Z

Showing posts with label छापा लेखन. Show all posts
Showing posts with label छापा लेखन. Show all posts

Tuesday, November 17, 2020

चाडबाडको संग्राम शृंखला

संस्कृतिको उत्पादन र विकासलाई बुझ्न तीन ‘कृति’ लाई गाँसेर बुझ्नुपर्ने हुन्छ : प्रकृति, संस्कृति र विकृति । प्रकृतिले दिएका कुराले मात्रै नपुगेपछि मान्छेले जे सुरु गर्छ, त्यो संस्कृति हो । संस्कृतिलाई प्रकृतिको विरुद्ध छाँटकाँट गरियो भने त्यो विकृति हो ।


 पहिलो प्रसंग तिहारको बारेमा होइन ।

तीन वर्षपहिले दक्षिण भारतको लामो भ्रमणमा थिएँ । हामी चढेको मोटरको स्पिकरमा घनाघन मादल घन्किन थाल्यो । बिल्कुल नेपाली झ्याउरे गीतको ‘इन्ट्रो’ सुनेर मैले सोचेँ, क्याब ड्राइभरले हामीलाई नेपाली भनेर चिनेछन् र हाम्रो गीत बजाइदिएछन् । तर, जसै गीतको बोल सुरु भयो म अचम्भित भएँ । त्यहाँ नेपाली होइन उतैको मलयालम गीत बजिरहेको थियो । तर, बिल्कुल नेपाली लय र बान्कीमा ।

भनेपछि यताका लोकगीतमा पनि मादल घन्किदोरहेछ, होइन ? आत्मप्रश्नको जवाफ एउटा सांगीतिक संग्रहालयमा मिल्यो, जहाँ पुराना साजहरू सजाइएका थिए । हाम्रो मादललाई त्यता मृदंगम भन्दा रहेछन् । कुरा संगीतकै मात्रै थिएन । त्यहाँका कतिपय परम्परागत नाच पनि हाम्रैजस्ता चालढालका थिए । नृत्यको चाल मात्रै होइन दक्षिण भारतको भात पनि बिल्कुल नेपाली स्वादकै थियो । खाने पनि हातैले मुछेर, (हामीतिर किरियापुत्रीले मात्रै खाने भए पनि) त्यो पनि केराको पातमा ।

होटलमा फर्केपछि मानवशास्त्री सुरेश ढकाललाई फोनमा सोधेँ, ‘के हामी पहाडी नेपाली र दक्षिण भारतीयका बीचमा कुनै ऐतिहासिक सम्बन्ध छ, भन्नाले पुर्ख्यौली सम्बन्ध छ ?’ उनले त्यसको सम्भावना नभएको बताउँदै स्वाद र संगीत अथवा कुनै सांस्कृतिक सम्पदाको समानता अरू धेरै कारणले पनि देखिन सक्छ भनिदिए । संस्कृतिको समकालीन उत्पत्ति, विकास र प्रसारणका अनेक सम्भावना पो हुँदा रहेछन् ।

घर फर्केपछि पनि मलाई दक्षिण भारतीयसँगको हाम्रो सांस्कृतिक (स्वाद र सांगीतको) समानताको चक्करले छोडेन । यसका बारे लेखिएका सामग्री खोज्न थालेँ । अनलाइन पुस्तकालय चहारेँ । र फेला पारेँ, कहिलेकाहीँ भौगोलिक, जातीय वा भाषिक रूपमा भिन्न समाजमा पनि एकै समयमा एउटै सांस्कृतिक सम्पदा उत्पन्न हुन सक्दारहेछन् । सांस्कृतिक मात्रै नभएर वैज्ञानिक आविष्कारै पनि हुन सक्दा रहेछन् । जस्तो कि हेर्नुस्, कोलम्बस अमेरिका पुग्दा उनले त्यहाँका आदिवासी रेड इन्डियनहरूले डुंगा चलाइरहेको देखेका थिए । अब आफैँ भन्नुस्, डुंगाको आविष्कारक कसलाई भन्ने ? कुन जाति वा व्यक्तिले पहिलो डुंगा बनायो भनेर तथ्य राख्ने ? यस्ता समकालीन र समतुल्य आविष्कार र उत्पादनको प्रतिलिपि अधिकार कसलाई हस्ते गर्ने ?

अझ कुरा अर्कै छ । म गीत, संगीत र नृत्यकै कुरामा फर्किन्छु । तपाईं–हामीले वास्तै नगरेको एउटा तथ्यमा एक छिन गम्नुस् । संसारभरका हिमप्रदेश (अल्पाइन रिजन) का गीत, बाजागाजा र नृत्यलाई ध्यानपूर्वक हेर्नुस् (सजिलोका लागि हाम्रै हिमाली क्षेत्रका जनजातिका नृत्य सम्झिनुस्) । उनीहरू कहिल्यै एक्लै नाच्दैनन् । समूहमा नाच्छन् । त्यो पनि एकअर्काको हात वा कम्मर पक्रेर । नाचमा हात होइन बढी खुट्टा चलाउँछन् । नृत्यको ताल पनि एकनासको र धीमा गतिको हुन्छ । सबैले एकसाथ दाहिने खुट्टा उचाल्यो अनि भुइँमा राख्यो । त्यसपछि देब्रे खुट्टा उचाल्यो अनि भुइँमा राख्यो । सकेसम्म गोलाकार भएर हलुका चालले फन्को मार्दै नृत्य सम्पन्न गर्‍यो ।

संसारभरका शीतक्षेत्रमा एकसमानको चालढालमा किन नाचिन्छ होला ? त्यस्तो संगीत र नृत्यको आविष्कार कुनै जाति, भाषा वा धर्मविशेषको कारणले नभएर भौगोलिक र प्राकृतिक कारणले भएको हो । हावाहुरी चलिरहने, हिउँ परिरहने यस्ता क्षेत्रमा एक्लै हिँड्न प्रायः सम्भव हुँदैन । हिँडिहाले ज्यान जाने खतरा रहन्छ । बाक्लो कपडा लगाएर एकले अर्काको साथ दिँदै सुस्तसुस्त चालमा हिँड्नु यहाँको भौगोलिक आवश्यकता हो । प्रकृतिले सुम्पेको यही आवश्यकताले नै यहाँको नृत्यको आविष्कार भएको हो ।

अब हिमालबाट अलिक तल पहाडमा ओर्लिनुस् । यहाँ एकल, दोकल वा सामूहिक सबै खाले नाच हुन्छन् । तर, संगीतको गति हिमालमा जस्तो धीमा हुँदैन । एकअर्कालाई (पूरै समय) नछोडीकन च्याप्प समातेर वा सम्हालेर नाच्ने पनि हुँदैन । मादलको घन्काइसँगै फन्फनी घुम्ने, बुरुक्क उफ्रिने, खुरुर्र कुद्ने नेपालका सबैखाले पहाडी नाचको समान विशेषता हो । नेपाल मात्रै नभएर संसारभरका पहाडी नाचमा उस्तै चालढालले फुर्तीसाथ किन नाचिन्छ ? कारण उही प्राकृतिक र भौगोलिक अवस्थाले हो । हाम्रैमा हेर्नुस् । पहाडका छरिता खोला तर्न होस् वा उच्चाल भीर उक्लिन होस् । वा कुनै टारीको एउटा आलीबाट बाख्रा खेद्दै अर्कोमा हाम्फालेर कुद्न नै किन नहोस् कसैको हात वा कम्मर समातेर फत्ते गर्न सम्भवै हुँदैन । पहाडले एउटा छरितो गति माग्छ । त्यो पनि एकल प्रयासको ।

अब तराईमा ओर्लिनुस् र त्यहाँका परम्परागत नाचलाई हेर्नुस् । पहाडमा जस्तो एकल नृत्य छैन । तर, हात वा कम्मर समातेर पनि नाचिन्नँ । संगीतको आवाज पनि चर्को चर्को छ । भाला, लाठीको प्रयोग छ । नाचमा आगोसमेत मिसिएको छ । त्यस्तो कसरी भयो ? कारण उस्तै छ । घना जंगलका बीचमा झुप्पा–झुप्पा गाउँमा बसोबास गर्ने जनजातिलाई जहिल्यै जंगली जनावरबाट आफू जोगिने अनि आफ्ना वस्तुभाउ तथा खेती जोगाउने सुर्ता भइरहने भयो । जंगली जनावरलाई तर्साएर खेद्न यस्ता ठूल्ठूला, तिखा र कर्कश आवाज निकाल्ने वाद्ययन्त्र चाहिए । लाठा–भाला चाहिए । आगोको प्रयोग अनिवार्यजस्तै भयो ।

गीत, संगीत र नृत्य मात्रै नभएर हाम्रा अन्य सांस्कृतिक सम्पदाको निर्माण र विकासमा पनि खासमा प्रकृतिले प्रभाव पारेको हुन्छ । खाने कुराको स्वाद, लगाउने पोसाक, बनाउने घर, चिन्ने चोक र चौतारामा पनि यसैको प्रभाव हुन्छ ।

दोस्रो प्रसंग तिहारको बारेमा हो ।

नेपालमा लामो समयदेखि ‘तिहार कसरी सुरु भयो ?’ भन्ने विषयमा लामो बहस चलेको छ । जातीय पहिचानको बहसको छेकोमा दसैँ र तिहारजस्ता चाडबाडहरू कतिले मनाउनै छोडेका छन् भने कतिले यस (तिहार) लाई हिन्दुकरण गरिएको निश्चित जनजातिको चाडबाड भएको अर्थमा व्याख्या पनि गरेका छन् । तिनको छिनोफानो गर्ने विज्ञता र सक्यता ममा छैन । इतिहास, संस्कृति र मानवशास्त्रका विज्ञहरूले यसका बारेमा बढी सामर्थ्य राख्लान् ।

इतिहासले ठूला राज्य भनेर बढाइँ गरेको भए पनि खासमा हाम्रा पहाडी राज्यहरू त्यस्ता ठूला थिएनन् । प्रशासनिक केन्द्र रहने दरबारदेखि एक दिनको पैदलयात्रा वा घोड–सवारीमा छिचोलिने क्षेत्रभित्रै हिजोका पहाडी राज्यहरू फैलिएका थिए । हाराहारीमा भन्दा अहिलेका एक जिल्ला बराबर एक राज्य थिए । राज्यका सीमाहरू वैज्ञानिक थिएनन् र स्थायी पनि थिएनन् ।

जति धेरै राज्य उति धेरै अन्तरद्वन्द्व, उति धेरै असुरक्षा, उति धेरै युद्ध ।

नेपालका पहाडी चाडबाडलाई युद्धको पृष्ठभूमिबाट अवलोकन गर्ने प्रयास यो आलेखको हो । उसो त हिन्दुहरूले मनाउने अधिकांश चाडबाडको पृष्ठभूमि युद्ध नै छ । राम, कृष्ण र विष्णुका अन्य अवतारले अरू कुनै आसुरिक प्रतिद्वन्द्वीमाथि गरेको विजयको सन्दर्भमा चाडबाड मनाउन थालिएका व्याख्या भएकै छन् । तर, ती युद्धलाई समकालीन समाजमा हुने युद्धसँग तौलेर अध्ययन गरियो भने संस्कृतिको उत्पादन, प्रशारण र वितरण मात्रै होइन, त्यसको मनाई (प्रस्तृति) मा हुने भौगोलिक विविधताको कोणबाट बुझ्न अझ मद्दत पुग्छ ।

नेपालका पहाडी चाडबाडलाई युद्धको पृष्ठभूमिबाट अवलोकन गर्ने प्रयास यो आलेखको हो । उसो त हिन्दुहरूले मनाउने अधिकांश चाडबाडको पृष्ठभूमि युद्ध नै छ । राम, कृष्ण र विष्णुका अन्य अवतारले अरू कुनै आसुरिक प्रतिद्वन्द्वीमाथि गरेको विजयको सन्दर्भमा चाडबाड मनाउन थालिएका व्याख्या भएकै छन् । तर, ती युद्धलाई समकालीन समाजमा हुने युद्धसँग तौलेर अध्ययन गरियो भने संस्कृतिको उत्पादन, प्रशासन र वितरण मात्रै होइन, त्यसको मनाई (प्रस्तृति) मा हुने भौगोलिक विविधताको कोणबाट बुझ्न अझ मद्दत पुग्छ ।

देउसी–भैलोका टोलीहरू राज्यबाट खटाइएका हुन्थे । त्यसैले ‘बलि राजाले पठाएको’ भनिएकाे हो । उहिले हरिबोधिनी एकादशीको दिनसम्म देउसी–भैलो खेलिन्थ्यो । तर, तिहार सकिएपछिको देउसी–भैलो घरघरमा नभएर खेत–खलामा गएर खेलिन्थ्यो ।तिहारपछिको दान खलेगह्रामा थुपारिएको अन्नको नयाँ रासबाट झिकेर दिइन्थ्यो ।

विशेष कारण र अपवादलाई बेवास्ता गर्ने हो भने तिनताकाका अधिकांश युद्धहरू हिउँदमा हुन्थे । आउँदो हिउँदमा हुने वा हुन सक्ने युद्धको छायामा हाम्रा अधिकांश ठूला चाडबाडहरू मनाइएका हुन् । त्यसको सुरुआत तीजबाट हुन्थ्यो । ऋषिपञ्चमी अन्यत्र पनि मनाइएला तर तीज मनाइने नेपालमा मात्रै हो । मुख्य बाली धान रोपिसकी थकाई मारेर बसेको बेला पर्छ तीज । हिउँदको सम्भावित युद्धमा मरिने वा बाँचिने पक्को नभएपछि पुरुष सदस्यहरूले विवाहपछि परिवारबाट छुटेका महिला सदस्यलाई बोलाएर भेटघाट गर्ने र दुःखसुख साट्ने काम तीजमा हुन्छ । उता जन्मघर आएका विवाहित महिला सदस्यले कर्मघरमा छोडिआएको लोग्नेको दीर्घायुका लागि व्रत बस्नाको कारण पनि त्यही हो । (महिनावारी सुरु नहुँदै बिहे गरिने तत्कालीन चलनलाई मध्यनजर गर्दा) महिनाबारी भएका महिलाले मात्रै तीजको व्रत लिनुपर्ने भन्नुको अर्थ बिहे गरेका महिलाले मात्रै तीजको व्रत लिन्थे भनेर बुझ्नुपर्छ । पछि व्रतको अर्थ फेरियो र अविवाहित महिलाका लागि पनि त्यसलाई अनिवार्य गर्न थालियो । यस्तै महिनाबारी बन्द भएपछि पतिको दीर्घायु–व्रत लिनु पर्दैन भन्नुको अर्थ त्यो बेलासम्म महिलाको लोग्ने बूढो भइसक्ने र बृद्ध सदस्यहरूलाई युद्ध नलाग्ने कारणबाट बुझ्न सकिन्छ ।

तीजपछि लाग्छ १६ श्राद्ध, जसमा युद्धमा दिवंगत भएका आफ्ना पुर्खाहरूलाई सम्झिइन्थ्यो । श्राद्ध भनेको श्रद्धा न हो । त्यो १६ दिनमा उनीहरूलाई श्रद्धाञ्जली दिइन्थ्यो । कालगतिले बितेका पुर्खालाई सामान्य तिथिमा श्रद्धाञ्जली दिइन्थ्यो भने युद्धमा वा अकालमा बितेकालाई १६ श्राद्धमा । अहिले सबैखाले पुर्खालाई दुइटै श्राद्ध गर्ने चलन बसेको छ ।

१६ श्राद्ध लगत्तै शक्तिपूजा अर्थात् बडा दसैँ सुरु हुन्छ । व्याख्यामा युद्ध विजयको पर्व भनिए पनि खासमा बडादसैँ युद्ध तयारीको चाड हो । त्यसका लागि हातहतियारको जोहो गर्ने, तिनमा सान लगाउने, तिनको पूजा गर्ने आदि काम हुन्थ्यो । राज्यका सैनिक र प्रशासनिक सेवामा पजनी गर्ने काम यसै बेला हुन्थ्यो । युद्धको तालिम गर्ने, पौष्टिक आहार खाएर हृष्टपुष्ट हुने बेला पनि त्यही थियो । वृद्ध सदस्यसँग विजयको आशीर्वाद त्यसै मागिएको होइन ।

घटस्थापनादेखि तिहारको अघिल्लो दिनसम्म युद्धका अधिकांश तालिमहरू सकिन्थेँ । मुख्य बाली धान भित्र्याउन योग्य हुने तरखरमा रहन्थ्यो तर अघिल्लो वर्षको जगेडा अन्नपात अझै भकारीमै हुन्थ्यो । बारीको काट्नयोग्य अन्न र भकारीमा जगेडा अन्नको मूल्याङ्कनका आधारमा परिवारले आउने वर्ष खर्चिने खान्कीको हिसाबकिताब हुन्थ्यो । अर्को वर्षका लागि यतिसम्म चाहिएला भनी अनुमान गरी जगेडा देखिने सम्पत्तिलाई प्रयोग गरिने चाड भएको हुनाले नै तिहारलाई धनलक्ष्मीको चाड भनिएको हो । यही अतिरिक्त बच्ने मूल्याङ्कन गरिएको अन्नपातलाई दुई भाग लगाइन्थ्यो— जुवा तास खेल्ने र देउसी–भैलोमा दान गर्ने । देउसी–भैलोका टोलीहरू राज्यबाट खटाइएका हुन्थे । ‘बलि राजाले पठाएको’ भनेको त्यही हो । हामी सानो छँदासम्म काग तिहार र कुकुर तिहारको दिनमा भैली खेल्ने चलन थिएन । अन्तिमका तीन दिनमध्ये तेस्रो दिन भैली खेलिन्थ्यो भने चौथो र पाँचौं दिन देउसी । आजकाल गाउँका सबै घरमा खेल्न नभ्याएपछि तिहारका पाँचै दिनले समेत नपुगेर छैटौँ, सातौँ वा अझै बढी दिनसम्म पनि (सामाजिक कामको लागि आँटिएका) देउसी खेल्ने गरिन्छ । कतिपयले तिहारपछि किन भैलो खेलेको भनेर आलोचना पनि गर्छन् । तर, उहिले त झन् हरिबोधिनी एकादशीको दिनसम्म देउसी–भैलो खेलिन्थ्यो । तर, तिहार सकिएपछिको देउसी–भैलो घरघरमा नभएर खेत–खलामा गएर खेलिन्थ्यो । तिहारका ५ दिनभित्रको भैलीदान अघिल्लो वर्षको अन्नबाट दिइन्थ्यो भने तिहारपछिको दान खलेगह्रामा थुपारिएको अन्नको नयाँ रासबाट झिकेर दिइन्थ्यो ।

हरिबोधिनी एकादशीलाई फुल तार्ने एकादशी पनि भनिन्छ । फुल तार्नु भनेको खोला तर्न योग्य भयो भनेर निर्क्योल गर्नु हो । हेलिएर तर्नयोग्य नभएको खोलालाई डोरी (अहिलेको तुइनझैँ) को माध्यमबाट तर्न योग्य बनाउनु हो । त्यसपछि खोला तरेर पराई देशमा आक्रमण गर्न जाने साइत आउने भयो ।

तिहारको बेलामा आफ्ना दाजुभाइलाई झट्टै नसड्ने सुख्खा फलफूल, तेलमा तारिएका सेलरोटीलगायतका पोषिला परिकार त्यसै दिइएको होइन । तिहारमा दाजुभाइको पूजा गरेमा उनीहरूको दीर्घायु हुन्छ भन्ने अर्थ यहीँ निहित हुन्छ । दाजुभाइलाई यस्ता मिष्ठान्न उपहार त्यही दिनमै खान भनेर दिइएका होइनन् । भोलि युद्धमा छँदा भाइ भोकै पर्ला भनेर जगेडा राख्न दिइएका हुन् ।

हिउँदभरिको युद्ध सकिएपछि सिपाहीहरू चैतमा घर फर्किन्थे । हार्नेहरू या त मारिन्थे या त दासदासी बनाइन्थे । घर फर्किने भनेको जित्ने सिपाही नै हो । यसरी विजय उल्लासमा घर फर्केको सिपाहीको स्वागतार्थ चैतेदसैं अर्थात् रामनवमी मनाइएको हो । खासमा भन्ने हो भने चैतेदसैं मात्रै विजयादशमी हो । बडादसैँ भनेको युद्ध तयारीको चाड हो ।

तेस्रो प्रसंग नेपालका पहाडमा हिन्दुहरूले मनाउने चाडबाड किन भारत वा अन्य ठाउँका हिन्दुहरूले मनाउने चाडभन्दा फरक भए वा फरक तरिकाले मनाइए भन्नेबारेमा छ ।

नेपालका धेरै इतिहासकार र संस्कृतिविद्हरूले चाडबाड, मेला, जात्रा आदिलाई कुनै अमुक राजाले चलाएको चलनका रूपमा व्याख्या गर्छन् । जनश्रुति पनि त्यसरी नै बनेका वा बनाइएका हुन्छन् । यो हास्यास्पद र अल्छे व्याख्या हो, जसका लागि कुनै अनुसन्धानको आवश्यकतै पर्दैन । सयौँ वा हजारौँ वर्षदेखि चलेका यस्ता चाडबाड–जात्रा–पर्वहरू कुनै सानो देशको एउटा शासकको उर्दीका भरमा चलेका हुन् भन्ने कुरामा कम्तीमा म त विश्वास गर्दिनँ । चल्थ्यो भने आफूलाई सर्वशक्तिमान् सम्झने संसारका हरेका शासकले त्यसो गर्दा हुन् । हाम्रा प्रधानमन्त्री केपी ओली त झन् आफ्नो नामको जात्रा चलाउन उहिल्यै कम्मर कस्दा हुन् ।

कुनै राजाले दिएको उर्दीका भरमा त्यो देश मात्रै नभएर सारा छिमेकी (सम्भवतः शत्रु) मुलुकभर कुनै चाड मनाउने चलन चल्यो भन्नु कदाचित वैज्ञानिक व्याख्या होइन । त्यस्तो हुन्थ्यो भने शासकले चलाउने यस्ता चलन शासकको राजनीतिक सीमाबाहिरका क्षेत्रमा पनि किन स्थापित हुन्थ्यो ? हामीले चाडबाडहरूको उत्पत्ति र विकासका बारेमा नयाँ वैज्ञानिक विधिबाट सोच्ने सकेनौँ भने यो गल्ती गरिरहनेछौँ । मलाई के लाग्छ भने यस्ता सांस्कृतिक सम्पदाको सामाजिक, आर्थिक, लैङ्गिक, मानवशास्त्रीय व्याख्या हुनु जरुरी छ । अझ जरुरी छ त्यस्ता सम्पदा चलनकै रूपमा स्थापित गरिन आवश्यक ठानिनुको भौगोलिक र प्राकृतिक कारण खोज्न ।

मैले पहिलो प्रसंगमा हिमाल, पहाड र तपाईंका नाचको ताल–चाल–ढालमाथि प्राकृतिक व्याख्या यसैले गरेको हुँ ।

चाडबाड मनाउन चाहिने यस्तै भौगोलिक र प्राकृतिक कारणले गर्दा नै एउटै धर्मका एउटै चाड पनि सबै ठाउँमा मनाइँदैनन् । कम्तीमा उही तरिका र अर्थले मनाइँदैनन् । मुम्बईमा ‘दिवाली’ का दिन एउटा प्रेमीले आफ्नी प्रेमिकालाई ‘ह्याप्पी दिवाली’ भन्दै प्रेम प्रस्ताव राख्न सक्छ । तर, के हामीले ‘तिहारको शुभकामना’ भनेर आफ्नो प्रेमी वा प्रेमिकालाई प्रेमपत्र थमाउन सक्छौं त ? यस्तो फरक कसरी भयो त ?

किनभने हाम्रा सांस्कृतिक पर्वले धर्म अर्थात् मिथक (कथा) को आडेस लागेको मात्रै हो । खासमा संस्कृतिको उत्पादन र विकासलाई बुझ्न तीन ‘कृति’ लाई गाँसेर बुझ्नुपर्ने हुन्छ : प्रकृति, संस्कृति र विकृति । प्रकृतिले दिएका कुराले मात्रै नपुगेपछि मान्छेले जे सुरु गर्छ, त्यो संस्कृति हो । संस्कृतिलाई प्रकृतिको विरुद्ध छाँटकाँट गरियो भने त्यो विकृति हो (किनकि संस्कृतिको निर्धारण प्रकृतिले गरेको हुन्छ ।)

जंगली खाद्यान्नले नपुगेपछि, जंगली जनावरको सिकारले नधानेपछि कृषि संस्कृति सुरु भयो । यसरी संस्कृतिका अनेकन आयाम बने । भाषा, वेशभूषा, आहार, निवास, जीवनशैली, कला, गीत, संगीत, नृत्य, साहित्य, धर्म, चाडबाड, जात्रा, मेला, पर्व... ।

हिन्दुइतरका नेपालका पहाडी जनजातिहरू कृषि संस्कृतिका उपकास हुन् । उनीहरूका चाडबाड, पर्व, जात्रा, मेला, गीत–संगीत, नृत्य आदि सबै कृषिसापेक्ष उत्सव हुन् । कृषि उत्पादनमा फरक पार्ने ऋतु परिवर्तन, मौसम, वर्षा, खडेरी आदिको प्रभावका आधारमा उनीहरूका धार्मिक विश्वास र अन्धविश्वासको निर्माण भएको छ । जीवनशैली बनेको छ ।

तर हिन्दुहरूको संस्कृति युद्ध संस्कृति हो । हिन्दुका सबै चाडबाडहरू मनाउन पर्नुका कारण स्वरूप सदैव एउटा युद्ध, लडाइँ वा संग्रामको पृष्ठमूमि छ । राम, कृष्ण, वामनलगायत विष्णुका अनेक अवतार, महादेव वा दुर्गा आदिले जितेका लडाइँको स्मृतिमा हिन्दुका चाडबाडहरू मनाइएका छन् ।

नेपालका खसहरूको हिन्दुकरण भएपछि (यसो भन्नेहरू पनि भएकाले) होस् अथवा नेपालमा हिन्दुहरूको प्रवेश भएपछि होस् (यसो भन्नेहरू पनि भएकाले) वा नेपालमा हिन्दु र प्रकृतिपूजक गैरहिन्दुले एकैसाथ बास बसेपछि (यसो भन्नेहरू पनि हुन सक्ने भएकाले) युद्ध संस्कृतिका उपासक हिन्दुहरूको घुलमिल यहाँका आदिवासी प्रकृतिपूजकहरूसँग भयो । युद्ध संस्कृति र कृषि संस्कृतिको अन्तरद्वन्द्व, संवाद र सहमतिका आधारमा नेपाली पहाडमा नयाँ संस्कृतिको निर्माण भएको हो । किनकि प्रकृतिलाई अपहेलना गर्ने हिम्मत कसैलाई हुँदैन । यहाँका हिन्दुका चाडबाडहरू आदिवासीका प्राकृतिक चाडबाडसँग मिसिए, घुले । यसरी घुल्दा दुवैतर्फ केही नयाँ चाडबाड निस्किए वा भनौँ चाडबाड मनाउने नयाँ तरिका निस्किए । नभए भारतीय हिन्दुले ‘दिवाली’ मा नखेल्ने भैलो नेपाली हिन्दुले किन खेल्थे ? दसैँमा अक्षता र जमरा किन लगाउँथे ? गोठ र खर्कपूजा किन चल्थ्यो ? लुतो किन फालिन्थ्यो ? धानको पहिलो पुला हिमाललाई किन चढ्थ्यो ? गाउँको पुछारमा झाँक्रीको थान किन बसालिन्थ्यो ? हरेलो किन हालिन्थ्यो ? साउने–पुसे–माघे संक्रान्ति, असार १५, किन मनाइन्थ्यो ?

जसरी नेपालका गैरहिन्दु प्रकृतिपूजकमाथि हिन्दु धर्मको प्रभाव पर्‍यो, उसै गरी यहाँका हिन्दुमा प्रकृति पूजकहरूको पनि प्रभाव परेको छ । नेपालका (त्यसमा पनि पहाडी) हिन्दुहरू प्रकृतिपूजक हिन्दु भएका छन् । प्रकृतिपूजकहरू भने हिन्दु प्रकृतिपूजक भएका छन् । यसको अनुपात र विस्तृतिमा भने अवश्य फरक छ । यहाँ यतिखेर संस्कृतिलाई धर्मसँग जोड्ने शासकीय यत्न, हिन्दु धार्मिक शासकहरूको ऐतिहासिक वर्चस्व र तिनले लादेको धार्मिक एकलौटीपनका कारणले हाम्रो सांस्कृतिक अन्तरघुलनमा परेको/पारिएको अप्राकृतिक प्रभाव र त्यसले जन्माएको अल्पसंख्यक जातिको सांस्कृतिक र धार्मिक पहिचानमाथिको अपमानको जालोलाई बिर्सनु भने अवश्य हुँदैन ।

त्यसो त अहिले संस्कृति कम विकृति ज्यादा चल्तीमा छ ।

प्रकाशित : कार्तिक २९, २०७७ ०९:४५प्रकाशन : कान्तिपुर


Sunday, November 8, 2020

म आफैं जन्मेको हुँ: रोशन [वार्ता-कथा ]





मेरा तीन जना मानस–सन्तान छन् । मैले मनमनै जन्माएका । दुई पुत्र, एक पुत्री । जसमध्ये एउटा हो रोशन । हरेक बिहान निद्राबाट ब्यूँझेपछि म मेरा मानस–सन्तानहरूलाई दुई घण्टा जति समय दिन्छु । बेलुका सुत्नुअघि एक घण्टा । यसरी दिनको करिबन तीन घण्टा म उनीहरूसँग हुन्छु । कहिले हामी सँगसँगै गीत सुन्छौं । कहिले सिनेमा हेर्छौं । कहिले शहरका पातला कला प्रदर्शनीमा छिर्छौं । कहिले बाक्ला थियटरतिर बरालिन्छौं ।

कहिले उच्चाल पहाडतिर हाइकिङ जान्छौं । केही नभएघरकै कोठामा चर्को चर्को गरी नृत्य–संगीत बजाएर झुमिन्छौं ।
यसरी हरेक दिनको तनलाई निद्राले छोडेको तर मनलाई नछोडेको बिहानको सरदर दुई घण्टा र तन मन दुइटैले निद्राभोग गर्न नसकेको साँझको एक घण्टा म मानस–सन्तानसँग मानस–जिन्दगी बाँच्छु ।

चन्द्रमा मनसो जात... !
बाँकी दुई जनाको कुरा पछि गरौंला । कुनै संस्मरण वा कथामा । अहिले म मेरो कान्छो मानस–पुत्र रोशनका बारेमा कुरा गर्छु ।

रोशन जन्मिंदै सात वर्षको भएर जन्मेको थियो । त्यसैले जन्मनेबित्तिकै मैले उसलाई स्थानीय अमरसिंह माध्यमिक विद्यालयको कक्षा–१ मा भर्ना गरिदिएको थिएँ । ऊ नियमित स्कूल त जान्थ्यो, पठनपाठनमा मिहिनेत पनि निकै गर्थ्यो तर खै किन हो उसको दिमागमा पढेको कुरा घुस्तै घुस्तैनथ्यो । साह्रै लद्दु भएर निस्कियो ऊ । खेलकुदमा पनि उसलाई खास रुचि थिएन । कुनै चित्र बनाउने, कविता लेख्ने, अभिनय गर्ने वा यस्तै कुनै सिर्जनात्मक गतिविधिमा पनि उसको रुचि वा सामर्थ्य देखिएन ।
उता वेदव्यास जन्मिने बित्तिकै मातापितालाई देशना दिएर जंगल हिंडेका थिए भनेर आफ्ना जैविक बाजेबाट सुन्दै हुर्केको मलाई जन्मँदै सात वर्षको लाठे भएको आफ्नो मानस–पुत्रको दिमाग देख्दा साह्रै दिक्दार लाग्थ्यो ।

रोशन जन्मेको बखत मलाई पनि रहर लागेको थियो, ऊ टुकुर टुकुर हिंड्दै मेरो नजिकै आओस् । मलाई धर्म, विज्ञान, इतिहास, न्याय आदिका बारेमा अविच्छिन्न प्रवचन देओस् । म ऊसँग तर्क गर्नै नसक्ने भएर शब्दको बुइँगलमा पछारिऊँ । मेरा दुवै हात समातेर उसले मलाई उठाओस् र भनोस् :

'पिताजी, तपाईंले मनमनै भए पनि मलाई जन्माएर असाध्य पुनित काम गर्नुभएको छ । म तपाईंको मानस–पुत्र भएर जन्मेको भए पनि यसरी सधैंभरि तपाईंको मनमा बसेर हुँदैन । दिनका दिन तपाईंसँग मनोगफमा भुलेर हुँदैन । यसो गरेमा मानिसहरूले तपाईंलाई बर्बराउँदै हिंड्ने बौलाहा भन्न पनि बेर लगाउँदैनन् । त्यसैले मलाई तपाईंले आफ्नो मनबाट बिदा दिनुहोस् । म तपाईंको मनोलोकबाट निस्केर सर्वप्रथम ब्रह्माण्डको विचरण गर्न चाहन्छु । त्यसपछि ब्ल्याकहोल जस्तै ब्रह्माण्डकै कुनै अघोर अन्धकारमा ऐकान्तिक तपस्यामा लीन हुन चाहन्छु ।'

तर उसले त्यस्तो भनेन । बुद्धि भए पो भनोस् । १७ वर्षदेखि उसले मेरो दिमाग खाएर बसेको थियो, हरेक बिहान दुई घण्टा । बेलुका एक घण्टा ।

ऊ यतिसम्मको लद्दु थियो कि ७ कक्षा पुग्दासम्म उसलाई पूरै बाह्रखरी समेत आउँदैनथ्यो । अंग्रेजी वर्णमालामा ‘एप्पल’ देखि ‘जेब्रा’सम्म पूरै भन्न सक्दैनथ्यो । कहिले ‘एच’को ‘हेन’मा अड्किन्थ्यो । कहिले ‘आइ’को ‘इन्क’मा । गणितको त झन् कुरै नगरे हुन्छ । भन्थ्यो, ‘बाबा, मलाई हिसाब देखेपछि पिसाब आउँछ । सूत्र घोक्दा घोक्दा मूत्रले सताउँछ ।’
उसको एउटै कुरा ठीक थियो । मान्छे इमानदार थियो । मेरो पैसा चोर्दैनथ्यो । किचकिच गर्दैनथ्यो । भनेको मान्थ्यो । त्यसो त मानस–सन्तानहरू पैसा चोर्न वा पैतृक सम्पत्ति खानका लागि जन्मेका हुँदैनन् ।

त्यही साल हो कि अर्को साल हो, अहिले ठ्याक्कै बिर्सें । उसले स्कूल जान चटक्कै छोडिदियो । छोड्नुअघिको एकदिन उसले मसँग लठारिंदै भन्यो, ‘बाबा, म आजबाट स्कूल जान्नँ । पढेर काम छैन ।’
“अनि के गर्छस् त ? के गरेर खान्छस् ?”, मैले सोधें ।
“म बिजुलीकर्मी हुन्छु । घरको वाइरिङ गर्छु । खम्बामा तार टाँग्छु । एउटा छोटो जिन्दगी बाँच्न धेरै कुरा जान्नु पर्दैन । एउटा मात्रै सीप काफी हुन्छ ।”

छोटो जिन्दगी ? उसले यस्तो शब्दावली कसरी सिक्यो ? कसका लागि सिक्यो ? मेरा लागि अथवा आफ्नै लागि ? के मानस सन्तानको पनि आयु हुन्छ ? के बह्माजीका चार कुमार, नारद, दक्ष, मरिची सबै मरिसके ?
***
यसरी मेरो छोरो बिजुलीकर्मी अर्थात् इलेक्ट्रिसियन बन्यो । खै कसरी हो, रोशनले बिजुलीका रंगीविरंगी तारको जंजाललाई सजिलोसँग उधिन्न सजिलो गरी सिक्यो । मन परेको कुरा सिक्नलाई दिमाग नचाहिने रहेछ ।
पहाडमा छाँगो खस्ता झैं फटाफट दिन बिते । खहरेकै वेगमा महीना सोहोरिए । नदीको रफ्तारमा वर्षहरू ओरालो लागे । अनि अस्ति बिहीबारको दिनदेखि ऊ २४ वर्षको भयो । मैले तन्मयका साथ उसको जन्मोत्सव मनाउने तयारी गरेको थिएँ । ‘२४औं जन्मदिवसको शुभकामना’ देखिएको केक घरमा आइसकेको थियो । उसकी दिदी नर्मदा र दाजु प्रकाशले सम्पूर्ण मानस–गृह सजाएर चिरिच्याट्ट पारेका थिए । उत्सवको उत्कर्ष हुनै लागेको थियो, अचानकसँग बत्ती गयो । मेरो मानस गृहमा चूक अँध्यारो छायो ।
“बर्थ–डे–बोय हुँदैमा त्यसै आराम गर्न कहाँ पाइन्थ्यो !”, मलाई आँखा झिम्क्याउँदै ऊ टुल बक्स बोकेर बाहिर निस्क्यो । बिजुलीको खाँबोमा भर्‌याङ अड्यायो अनि फटाफट माथि चढ्न थाल्यो ।
मैले ‘माथिबाटै बिजुली गएको होला’ भन्ठानेको थिएँ तर छिमेकीका घरहरू पूरै उज्याला थिए । शायद हाम्रो घरमा तार तानेकै बिजुली—खाँबोमा कुनै कैफियत भएर होला । नत्र, रोशन किन माथि चढ्थ्यो र ?
यति सोच्दा कति समय पो लागेको थियो होला र ? तर मैले सोचेर नभ्याउँदै रोशनले सम्पर्कविच्छेद भएका दुई तारलाई जोडिसकेको थियो । बिजुली–खाँबोको टुप्पोमै बसेर उसले मतिर हेर्यो र फिस्स हाँस्यो । मैले पनि हाँसेरै जवाफ दिएँ ।
काम फच्चे गरेर पेन्चिस, स्क्रुड्राइबर वा प्लास कुन्नि के–के समान थन्क्याउँदै थियो, ऊ अचानकसँग बद्रयाम्म भुईंमा पछारियो । म सहयोगको लागि चिच्याउँदै उसको नजिकै पुगें । नर्मदाले ग्यारेजबाट मोटर निकाली हाली ।
रोशनको टाउकोमा अत्यन्त गहिरो चोट थियो । रगतको मूल फुटिरहेको थियो । मैले गलबन्दी फुकालेर घाउ बाँधिदिएँ । बर्थडेका सारा इन्तजाम थन्क्याएर हामीले उसलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय अस्पताल पुर्‍यायौं।
***
सात हप्तापछिको एक बिहान म ३ बजे ब्यूँझें । फेरि निदाउन गरेको प्रयत्न सफल भएन । यत्तिकै ओछ्यानमा पल्टेर के गर्नु ? मैले आफ्ना मानस–पुत्रपुत्रीहरूलाई आह्वान गरें । सबैभन्दा पहिले ज्येष्ठ सुपुत्री नर्मदा सामुन्ने आई र प्रफुल्ल मुद्रामा शुभसमाचार सुनाई — उसको प्रिय कान्छो भाइलाई भर्खरै होश आएको छ ।
पूरै उनन्चास दिनपछि ।
यतिन्जेल पढ्दा तपाईंलाई लागेको हुनुपर्छ — करेन्ट लाग्नु भनेको सामान्य घटना हो । आम मान्छेहरूलाई करेन्ट लाग्छ । बिजुलीको झट्काले धकेलेपछि कति जना भर्‌याङबाट पनि खस्छन् । त्यसमा कति अंगभंग हुन्छन् । कति मर्छन् । कति लामै समय बेहोश भएर कुँजिन्छन् । बिजुलीकर्मीको जिन्दगीमा आउन सक्ने आम दुर्घटना हुन यी । यस्तो विवरण पनि कतै कथा हुन्छ ?
तपाईं पक्कै गलत सोचिरहनुभएको छैन भनेर जो कसैले ठोकुवा गर्न सक्छ । तर मेरो कुरा पनि सुन्नुस् — रोशनको किस्सा कथा हुन योग्य कसरी भयो भने बेहोश हुँदासम्म साह्रै लोद्दर भनिएको बोधे मान्छे ब्यूँझँदा अचानकसँग सर्वज्ञानी भएर निस्केको थियो । उसले नजानेको लगभग कुनै विषय थिएन ।
४९ दिनको बेहोशीमा उसको दिमाग अचानकसँग ज्ञानै ज्ञानले कसरी भरियो ? उसलाई अचानकसँग पढ्दै नपढेको गणित र विज्ञानका कठिन साध्य र सूत्रहरू कसरी खर्लप्पै हुन सके ? कहिल्यै नबोलेका संस्कृत, उर्दू वा ग्रीक भाषा फरर्रैका फरर्रै कसरी आउँदो भयो ?
यस्तो लाग्थ्यो उसले नजानेको कुनै विषय धर्तीमा छँदै छैन ।
उसको बोधो दिमागमा विश्वको सम्पूर्ण ज्ञान कहाँबाट घुस्यो ? बिजुलीको एउटा झड्काले कसरी कुनै व्यक्ति अचानकसँग महाज्ञानी हुनसक्छ ? यो त ठूलो चुनौती भयो विज्ञानलाई । शायद एउटा नयाँ आविष्कारको अवसर पनि । अस्पतालकै अगुवाईमा चिकित्सा वैज्ञानिकहरूको एउटा झुण्डले रोशनलाई लामो अध्ययनको लागि लिएर गए । कता लिएर गए भन्ने सूचना पनि हामीलाई दिइएन ।
४९ दिनपछि बल्ल–बल्ल घर फर्किएको छोरोको संगत फेरि छुट्यो ।
करिबन सात महीनासम्मको अनुगमन र अध्ययनपछि वैज्ञानिक र डाक्टरहरूको निष्कर्ष निस्क्यो । कोरोनाको महामारी भएकोले भर्चुअल पत्रकार सम्मेलनको आयोजना भयो । अध्ययन टोलीका प्रमुख डा. कुन्नि के मुकारुङले अध्ययन पत्रको निष्कर्ष वाचन गरेर सुनाए :
“बिजुलीको झड्काका कारण रोशनको मस्तिष्कभित्रको अनुवांशिक ज्ञान भण्डारण गर्ने कोषिकाहरू अचानकसँग उत्तेजित हुन पुगेका थिए । अनुवांशिक–स्मृति–कोष भनिने यस्ता कोषहरू मात्रै हुने उसको मस्तिष्कभित्रको एक विशेष कक्ष अहिले शतप्रतिशत सक्रिय भएको छ । यसका कारणले ऊ आफ्नो जीवनकालको मात्रै होइन आफ्ना बाबु–हजुरबाबु, आमा–हजुरआमालगायत आफूलाई जन्माएका तमाम पुर्खाहरूको समेत ज्ञान, सीप, अनुभवलाई हुबहु सम्झन सक्ने भएको हो । . . . ”
पत्रकार सम्मेलनमा बाँडिएको अध्ययन–पत्रले संसारलाई एकसाथ हल्लायो । सामाजिक संजालका खाता–खातामा विश्वास, अविश्वास र अन्धविश्वासले भरिएका प्रतिक्रियाहरू आउन थाले । आफ्नो कनिष्ठ मानस–पुत्रको यो प्रख्यातिले मलाई हुनुसम्मको आनन्द दियो ।
गत शुक्रबार अर्थात् अक्टोबर २ तारिखमा मेरो आफ्नै जन्मदिन परेको थियो । वैज्ञानिकहरूको अध्ययन–अपहरणमा परेको छोरोसँगै जन्मदिन मनाउन पाइने भयो भनेर म प्रफुल्ल थिएँ । नभन्दै जन्मदिनको बिहान पनि आइपुग्यो । सधैं चाँडै उठ्ने म, त्यस दिन भने आँखा खोल्दा ७ बजिसकेको थियो । मानस–पुत्रपुत्रीबाट शुभकामना लिनुपर्ला भनेर विचार मात्रै के गरेको थिएँ टेलिफोनको घण्टी बज्यो । एकाबिहानै फोन गर्ने कसैलाई टार्नुहुँदैन । उठाएँ । हिमाल खबरपत्रिकाका मित्र रविन गिरी रहेछन् ।
“स्वामीजी कोरोनाको कारण हाम्रो प्रिन्ट इडिसन त स्थगित नै छ । तथापि यो पटकको दशैं अङ्क निस्कने भयो, शायद अनलाइनमा । यो हाम्रो अन्तिम दशैं अंक पनि हुनसक्छ । मलाई तपाईंको कुनै सामग्री चाहियो । स्वामीजीलाई नछापिकन हामी कसरी ‘हिमाल’ भैरहने ?”
“हो हुन त । थाप्लामा हिउँ भए न हिमाल । हिउँ पग्लिए त पहाड भैगो नि !”, मैले तुलसी दिवसको कुनै कविताको भाव गुथेर भनें, “चाहिएको खास के हो गिरीजी ?”
“पोखरामा एकजना रोशन नामका युवा छन् । उनलाई अचानकसँग अनुवांशिक स्मृति हुन थालेको चर्चा त स्वामीजीले पनि सुन्नुभएकै होला . . .।”
गिरीजीको कुरा सुनेर म झसङ्ग भएँ । मेरो निजी मानस–पुत्रको जानकारी बाँकी संसारलाई कसरी भयो ? भएकै भए पनि किन हुने ? मान्छेको सोचाइलाई, मान्छेको गोपनीयतालाई यसरी भौतिकीकरण गर्न पाइन्छ ? के मान्छेको मनको निजी संसार सार्वजनिक मैदान भैसक्यो ? मेरो मानस–जिन्दगी, मेरो मानस–पुत्र रोशन कसरी दुनियाँगिरीका विषय हुन पुगे ? सम्पूर्ण समाजवादमा पनि संभव नहुने कुरा यहाँ कसरी सावित भैदियो ?
“हजुर के भन्नुभयो रे गिरीजी ?”, रविन गिरी बोल्दै गरेको आवाज अझै पनि स्पिकरमा आइरहेको हेक्का भएपछि मैले अक्मकिंदै सोधें । म आफ्नै सुरमा सोचमग्न भएकोले उनले यसबीचमा अरू के–के भनेका थिए, मैले सुन्दै सुनेको थिइनँ ।
“ती भाइसँग एउटा अन्तर्वार्ता गर्नु प‌‌‌‌‌र्‌‌‌यो भनेर भनेको नि ! तपाईंले । मैले सुनेको छु, ती भाइलाई आफू एक कोषीय जीव भएर पृथ्वीमा पहिलोपटक उत्पत्ति हुँदादेखिको सम्झना छ रे ! तपाईं ‘जिनेटिक मेमोरी’ त बुझ्नुहुन्छ नि स्वामीजी ?”
“ज्यू ज्यू, बुझ्छु अलिअलि । आफ्ना पुर्खाहरूको ज्ञान, सीप वा अनुभव जीनमार्फत सन्तानमा सर्ने प्रक्रिया होइन त गिरीजी ?”
“हजुर त्यस्तै । ती रोशन भाइसँग एउटा बिशेष अन्तरर्वार्ता लिनुप¥यो । स्वामीजी आफैँले ।”
“त्यो त ठिक छ, गरुँला । तर ती युवकलाई म कसरी भेट्न सक्छु त ? उनको कुनै सम्पर्क छ ?”, मैले डराई डराई सोधेँ । कतै गिरीजीले ‘ऊ त तपाईँकै मानस सन्तान हो । थाह नपाएको स्वाङ पारेर मलाई उल्लु बनाउन खोज्ने ?’ भनेर झपार्छन् कि भन्ने डर आफैँ आफैँ गहिरो भएर आयो ।
तर उनले त्यसो भनेनन्, “रोशनको बाँकि डिटेल स्वामीजीको इन्बक्समा आइसकेको होला । उनी माथिको ‘रिसर्च पेपर’ पनि पठाइदिएको छु । उनी पोखराको मझेरी–पाटनस्थित लामे पोखरीको नजिकै बस्छन् । उनको आफ्नै मोबाइल नम्बर रहेनछ । तर उनकी दिदीको भने छ, टिप्नुस त ।”
“भन्नुस् !”, म प्रतीक्षारत भएँ ।
“९—८—१—६—६—८—७—७—१—३ ।”, उनले एक एक अंक गर्दै १० वटा अंक वाचे ।
अंक टिपेर सकेपछि म फेरि झस्केँ । यो त त्यही नम्बर थियो जसबाट मेरो एकजना दिवंगत मानस–पुत्र जोस्मणिलाई रहस्मयी तर प्रेमिल म्यासेज आउने गथ्र्यो । त्यो पनि तारन्तार । उसको नायकत्वमा लेखिएको यात्रोपन्यास ‘पैताला’मा मैले यसका रमाइला प्रसंग टिपोट गरिगरी पढेको थिएँ ।
त्यही नम्बर हो कि होइन भन्ने थाह पाउन मैले हतार हतार मोबाइलको ‘कन्ट्याक्ट लिष्ट’ चहारेँ । नभन्दै ‘मिस्टिक लेडी’को नाममा त्यो ‘सेभ’ भएको रहेछ ।
फोन नम्बर ठ्याक्कै मिलेको थाह पाएपछि मलाई भाउन्ना छुट्यो । केही बेर घाइते माहुरी झैँ भुन्भुनिएँ । यस्तो कसरी हुनसक्छ ? मेरी मानस–पुत्री नर्मदा कसरी त्यो रहस्मयी स्त्री हुनसक्छे ? मेरा पुत्र–पुत्रीहरू कसरी एक आपसमा प्रेम गर्न सक्छन् ? यसरी आफ्नै सन्तानहरू बिचमा हातनाता सम्बन्ध हुन थाल्यो भने मान्छे–जातको अनुबांशिक सामथ्र्य पुरै खस्केर जानेछ । सोचेर म बिसारै चिन्तित भएँ । आफ्नो सोचाईको वाक्यभित्र पसेको ‘अनुबांशिक’ शब्दले मलाई पुन गिरीजीसँग कुराकानी भैरहेको सम्झना भयो । सोचाईबाट सम्हालिँदै मैले उनलाई भनेँ, “हस् म केही न केही अवश्य गर्छु ।”
***
रोशनलाई भेट्न भनी भोलिपल्ट बिहानै म मझेरी पाटन हानिएँ । पोखरा भनेकै पाटन, चौर र खर्कहरूको सहर हो । मझेरी पाटन पोखराको सबैभन्दा पुरानोमध्येको एक मानव बस्ती हो भन्ने पनि मलाई थाह थियो । पोखराकै बासिन्दा भएर पनि म पहिलो पटक मझेरी पाटन जाँदै थिएँ । त्यो पनि आफ्नै मानस–पुत्रलाई भेट्न । उसको अन्तरवार्ता लिन । 
प्राप्त नक्शाको ‘जिपिएस’लाई पछ्याउँदै म रोशनको निवास पुगेँ । तर गिरीजीले भनेकोजस्तो छेउछाउमा कुनै लामे पोखरी देखिएन । बरु घरको छेउमा एउटा विकासे पार्क थियो जसलाई पूर्णतया झाडीले कब्जा जमाएको थियो । ‘पोखरी पुरेर पार्क बनाएछन् ।’, सोचेर खिन्न भएँ । तर अर्काको घरछिर्नु अघि खिन्न हुुनु हुँदैन भनेर खिन्नतालाई दबाएँ ।
अर्काको गृहपरिधिमा सवारी बोकेर के छिर्नु ? साइकललाई घर बाहिरको बिजुलीको खम्बामा चाबीले बाँधे । त्यो त्यही खम्बा थियो जसबाट ऊ बिजुलीको झट्का खाएर भुईँमा बजारिएको थियो ।
तगारोको गरालाबिचबाट ज्यान छिराएर म उसको घरको परिधिभित्र दाखिला भएँ । रोशन आँगनमा घाम ताप्दै आगन्तुक माहुरीहरूलाई चास्नी हालिरहेको थियो । हरेक बिहान माहुरीलाई चास्नी–भोज दिने उसको बाल्यकालिन शोख रहेछ । आफ्नै मानस पुत्र भए पनि मलाई उसको यो बानीको बारेमा कल्पना समेत थिएन ।
पाठकवृन्द, 
मलाई लाग्दैन अरु कुनै थप भूमिका यहाँ राख्नु पर्छ । अब म तपाईँलाई सोझै रोशन र म बीचकमा भएको कथित अन्तर्वातामा प्रवेश गराउँछु । पढेर प्रतिक्रिया दिनुहोला । 

Sunday, March 22, 2020

जनअधिकारको चिहान

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले धोकाधडीयुक्त वातावरणको सिर्जना गरी गत बिहीबार साँझ पछिल्लोपटक अधिग्रहणका लागि सूचित ९० रोपनी जग्गाको मुआब्जा निर्धारण गरेको छ । यसको निर्णयको सूचना केही दिनमा पक्कै आउला । तर पछिल्लोपटकको मूल्य निर्धारण जसरी गरिएको छत्यो प्रक्रियाले यसभन्दा अघिल्लापटके अधिग्रहणका दुःखलाई माथ ख्वाएको छ । यसपटकको मुआब्जा निर्धारण गर्दा अपनाइएको विधि र प्रक्रिया अत्यन्त अमानवीयअसंवेदनशीलअपरिपक्कमात्रै छैन सनकी प्रवृत्तिको छसंविधानको मर्म र जग्गा प्राप्ति ऐन २०३४ को अपव्याख्याका साथ गरिएको छ भन्दा कुनै द्विविधा लिनु पर्दैन । जनसरोकार समितिको अध्यक्षको नाताले म मुआब्जा निर्धारणको प्रक्रियामा संलग्न सबै प्रतिनिधिहरुलाई घोर भत्र्सना गर्छु ! पोखरेली कृषि संस्कृतिका उपासकहरुको आदिवासी सन्तान हुनुको नाताले तिनको आत्माले सात जुनीसम्म शान्ति प्राप्त नगरोस् भनी अघोर श्राप दिन्छु !
जग्गा प्राप्ति ऐनको अपव्याख्या
संसार सबै देशमा जति पनि ऐनकानुनहरु बनेका छन् तिनीहरुको निर्मितिमा लुकेको एउटै आशय हुन्छ : जनताका हक अधिकारको सुरक्षा गर्नु । ऐनहरुकानुनहरुनीतिनियमहरु राज्यलाई जनताप्रतिको उत्तरदायित्वबाट पन्छाउने उपाय देखाउन बनाइएका हुँदैनन् । जग्गा प्राप्ति ऐन पनि सरकारले चाहेको खण्डमा सजिलै जग्गा प्राप्त गरोस् भनेर मात्रै बनेको होइनअसंवेदशील र अमानवीय व्यक्ति मुआब्जा निर्धारण समितिमा परे नागरिकको सम्पत्तिजनजीविका र आवासको अधिकार उल्घंन नहोस् भन्नका खातिर बनाइएको हो । संसारभर यस्ता प्रकृतिका ऐन छन् । यस्ता ऐनको मूलभूत मर्म यस्तो हुन्छ ः कुनै पनि विकास निर्माणका कार्य गर्दा नागरिकलाई विस्थापित गर्दा वा तिनको सम्पत्ति अधिग्रहण गर्दा कम्तीमा दुईवटा कुराहरुको प्रत्याभूति गरिनु पर्छ ।
१) उनीहरुको प्रतिइकाई जमिनको स्वामित्व घट्नु हुँदैन । अर्थात उनीहरुलाई दिइने क्षतिपूर्ति वा मुआब्जाको रकमले साबिकै क्षेत्रमा कम्तिमा पहिलाकै क्षेत्रफलको जग्गा किन्न पुग्ने रकम दिनु पर्छ । सो गर्न नसकिए जग्गाको सट्टामा जग्गा दिनुपर्छ ।
२) विस्थापित गरिएका नागरिको जीवनस्तर पहिलाको भन्दा उन्नत हुनुपर्दछ । विस्थापित भएपछि उसको जीविकोपार्जनको विषय बदलिनु हुँदैनबदलिनै पर्ने अवस्था आए सो अवस्था पहिलाभन्दा उन्नत हुनुपर्छ । तर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हकमा यस ऐनको मर्म विपरीत काम भएको छ । ऐनले जनताको सम्पत्तिको सुरक्षा गर्ने विषयमा केन्द्रित हुनु पर्नेमा सम्पत्ति जबरजस्ती कब्जा गर्ने प्रकारले त्यसको व्याख्या गरिएको छ र कास्कीका निवर्तमान सिडिओ रमेश केसी यसका मतियार बनेका छन् । संविधानको मर्म विपरीत ऐन नियमको व्याख्या गर्ने अधिकार मुआब्जा निर्धारण समितिलाई कसले दियो ? यो प्राप्त अख्यिारको दूरुपयोग हो कि होइन ?
नभए जग्गा प्राप्ति ऐन २०३४ अनुसार महानगरका पालिकाको प्रतिनिधि अर्थात मेयर वा उसले तोकेको व्यक्ति मुआब्जा निर्धारण समितिमा रहनुपर्ने प्रावधान हुँदा हुँदै हाम्रो मेयर मानबहादुर जिसीलाई सूचनासमेत नदिइकन किन हिजोअस्ति मात्र कुर्ची सम्हाल्न आएका महानगरपालिकाका प्रशासकीय अधिकृतलाई बैठकमा बोलाइयो ? किन वडाध्यक्षहरुबाट रिपोर्ट लिइयो तर त्यसको सुनुवाइ समेत नगरिकन रद्दीको टोकरीमा फालियो ? किन सरकारी मूल्य नै १ करोड ३० भएको पक्की बाटोको जग्गाको मोल १ करोड २८ लाखमात्रै तोकियो ? किन रवाना हुनै लागेको सिडिओको अन्तिम दिन कार्यालय समयभन्दा निकैपछि झम्के साँझमा बैठक बोलाएर हामी किसानको भविष्यको छिनोफानो गरियो ?
अख्तियारको दुरुपयोग गर्नु भनेको राज्य कोषलाई लुट्नुमात्रै होइनसंविधानले प्रत्याभूत गरेका नागरिकका हकअधिकारलाई कुण्ठित हुने गरी जग्गा प्राप्ति ऐनको अपव्याख्या गर्नु पनि (अख्तियारको दुरुपयोग गर्नु) हो । सिडिओलाई दिइएको जग्गाको मुआब्जा तोक्ने अधिकार सिडिओको तुजुक देखाउन दिइएको होइनमातहतका नागरिकको सम्पत्तिको हक सुरक्षित होओस् भनेर पनि दिइएको हो ।
अनिवार्य उपस्थित हुनुपर्ने हाम्रा जनप्रतिनिधिहरुलाई अपमानपूर्वक बेवास्ता गरेरऐनकानुनको मर्मविपरीत आफूखुसी व्याख्या गर्दै लादिएको मुआब्जा निर्धारणको निर्णय मान्न हामी बाध्यकारी छैनौँ । हाम्रो बुद्धि र विवेकको विवेचनाले बुझेसम्म अहिलेको मुआब्जा निर्धारण नितान्त गैरकानुनी तरिकाले तयार गरिएको छ । त्यसैले हामी स्थानीय जग्गादाता त्यो निर्णयलाई अस्वीकार गर्दछौँ र त्यसको जुनसुकै मूल्य चुकाउन वा तिराउन तयार छौँ ।
अवैज्ञानिक र हचुवाको मूल्यांकन
शुक्रबार दिनभर हामीले मुआब्जा निर्धारणको बैठकमा बसेका केही प्रतिनिधिहरुलाई भेटेका थियौँ । भेटमा थाहा भयोअघिल्लोपटकको मुआब्जाभन्दा ५६ प्रतिशत बढी मूल्यांकन गरिएको भनेर एअरपोर्ट प्रशासनले कपोकल्पित र भ्रामक सूचना दिएको रहेछ । सिधै बुझ्नुपर्ने कुरा के हो भने अघिल्लोपटक अर्थात २०७३ सालमा गरिएको जग्गाकै अधिग्रहण यसपटक भएको होइन । यो अर्कै जग्गा हो । ७३ सालमा अधिग्रहण हुँदाको जग्गाको सरकारी मूल्य ३२ लाख थियो जसलाई हाराहारी २.४७ गुणा ज्यादा मूल्यांकन गरी बाटो हेरीकन ७९ र ८१ लाख मुआब्जा दिइएको थियो । अहिले अधिग्रहण हुन लागेको सोही प्रकृतिको जग्गाको सरकारी दररेट ७५ लाख छ । जसको मुआब्जा १ करोड २४ लाख तोकिएको छजुन १.६५ गुणा मात्रै बढी हुन आउँछ । यस अर्थमा पहिलाको तुलनामा अहिलेको मुआब्जा निर्धारणको प्रतिशत वा दर बढेको होइन बरु घटेको हो ।
सबैभन्दा अवैज्ञानिक र हचुवाको भरमा मूल्य निर्धारण गरिएको प्रमाणित तब हुन्छ जब हामी मूलबाटोले छोएको जग्गाको मुआब्जा निर्धारणमा पुग्छौँ । सरकारी दररेट नै १ करोड ३० लाख रहेको चाउथेदेखि भोटेचौतारा हुँदै काजीपोखरीसम्मको जग्गालाई प्रति रोपनी १ करोड २८ लाखमात्रै मूल्य निर्धारण गरिएको छ । उता सरकारी दरचलचल्तीको दरबैंकको सम्पत्ति मूल्यांकन आदिको औसत (वेटेज एभरेज)का आधारमा मुआब्जा रकम निकालिएको भनेर हौवा पिटिएको छ । त्यस्तो हुन्थ्यो भने सरकारी दरभन्दा पनि कम मूल्यांकन कसरी सम्भव भयो ? यो नितान्त हचुवाको भरमाहेपाहा प्रवृत्तिले गरिएको सनकी मूल्यांकन हो भनेर प्रमाणित गरिरहनु पर्दैन । सामान्य औसत निकाल्न समेत नजान्ने भएर पनि मुआब्जा निर्धारणको हिसाब गर्न कस्सिने को हो राष्ट्रिय गौरवको आयोजनाको बागडोर योग्य इन्जिनियरले लिएका छन् कि आठकक्षा पनि अनुत्र्तीणले लिएका छन् भनेर फेरि पनि सोच्नुपर्ने भएको छ ।
त्यसो त यसअघिको हकमा आउटर पेरिफेरल रोडका लागि भनेर अधिग्रहण गरिएको थियो । त्यसबेला १० मिटरको बाटोमध्ये आधा एअरपोर्ट परियोजनाले र आधा जग्गादाताले व्यहोर्ने गरी तारबारको चारैतर्फ बाटो खोल्नेसम्मको कुरा चलेकोमा पछि परियोजना आफैले पुरै बाटो खोल्ने गरी सहमति भएको हो । आफूले पनि योगदान गर्नुपर्ने ठाउँमा परियोजनाले एक्लैले बाटो खोलिदिने भएपछि जग्गादाताले अन्यन्त न्यून मुआब्जामा पनि सन्तोष मानेर क्षतिपूर्ति लिएका हुन् । त्यसैले त्यो बेलाको मुआब्जा निर्धारणमा हामीले कुनै गुनासो गरेका थिएनौं । अहिले आएर त्यही बाटोकै मुआब्जाको विषयलाई हालको मुआब्जाको आधार बिन्दु बनाउनु अकल्पनीय धोकाधडीको अभ्यास हो । नितान्त गलत र जनघाती विधि हो ।
मोटिभलेस मोटिभ हन्टिङ
बिनाकारण अर्कालाई दुख दिँदा आनन्द मान्ने मान्छेको प्रवृत्तिलाई मोटिभलेस मोटिभ हन्टिङ भनिन्छ । यो एउटा मानसिक रोगको अवस्था हो । हामीलाई लाग्छ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थालका कतिपय नेतृत्वका साथीहरुलाई यो रोगले गाँजेको छ ।
गत महिना विभागीय मन्त्री योगेश भट्टराईलाई भेट्न वडाध्यक्षसहितको टोली गयो । तर मन्त्रीले अन्यत्न गैरजिम्मेवार र असभ्य भाषामा तिमीहरुको जग्गा चाहिँदैन । नदिने भए नदेऊ । भनेर फन्किएर गए । पछि बुझ्दा थाहा भयो मन्त्री भड्काउने प्रकारको सूचना विमानस्थलबाटै गएको रहेछ । जबकी हामीले अहिलेसम्म विमानस्थलको निर्माणलाई असर पुग्ने प्रकारको कुनै पनि गतिविधि गरेका छैनौं । शान्तिपूर्ण रुपले गरिएको अधिकारले वकालतबाट कोही मान्छे वितर्किन किन जरुरी हुन्छ ?
हामीले न न्यूरोडमा मागेको हौँन त लेकसाइडमा । आफ्ना पितापुर्खाले आवाद गरेको गाउँमै साँधकिल्ला मिलाएर उत्रै क्षेत्रफलको जग्गा किन्न पुग्ने मुआब्जा देऊ भन्दा हामीले कसरी गलत माग राख्यौँ ? पैसा नपुग्ने भए हाम्रै साँध किल्लाको पशु विकास फारममा जग्गाको सट्टामा जग्गा देऊ भन्दा के बिरायौँ ? आखिर जग्गा प्राप्ति ऐनमा सटही जग्गा दिन सकिने प्रावधान छँदैछ ।
एअरपोर्टका कर्मचारीहरुको न खल्तीको पैसा जान्छ न त तिनलाई प्रचलित मूल्य सापेक्ष भएर मुआब्जा निर्धारण गर्न कुनै ऐन कानुनले रोकेको छ । तथापि जनताले गरेको यत्रो नागरिक आन्दोलनसर्वपक्षीय दबाब र समर्थनका बाबजुत पनि किन एअरपोर्ट प्रशासनले बारम्बार हामीलाई धोका दिएको छ ? त्यसको कारण के हो ? त्यसको एउटै कारण होनिरुद्देश्य जनतालाई प्रताडित गर्दा उनीहरुलाई आनन्द आउँछ । अरुको पीडामा खित्खिताउने आदत बसेका मानवताविहीन सन्काहा कर्मचारीकै कारणले हामीमाथि बारम्बार अन्याय भइरहेको छ भन्दा कतै हिच्किचाउनु पर्दैन । नत्र भोलि बिहान बिदाई लिएर जान लागेका सिडिओ र हिजो भर्खरमात्रै बहाली लिन आइपुगेका महानगरको प्रशासकीय अधिकृतलाई अपर्झट एक ठाउँ गराएर बैठक बसाल्नु र हतारको निर्णय गर्नुको अभिप्राय के हो ?
कठपुतला जनप्रतिनिधि
नागरिक आन्दोलको एक चरणमा हामीले हाम्रो सबै जनप्रतिनिधिसबै राजनीतिक दलका नेतानागरिक समाजका अगुवाहरुविभिन्न आन्दोलनका अभियन्ताहरुलाई भेटेर जनसरोकारका बिषयहरु राखेको थियौँ । मुआब्जा निर्धारण समितिमा रहने सबै तहका प्रतिनिधिसँग भेटघाट ग¥यौँ र आफ्ना चासो र चिन्ता राख्यौँ । निवर्तमान सिडिओले त हामीलाई चित्त नबुझाई र नसोधी मुआब्जा निर्धारण नगर्ने भनेर प्रतिबद्धतासमेत जनाए तर के गर्नु ? अन्त्यमा धोका दिएर पोका पुन्तुरा जो कसे ।
हामीले राजनीतिक र सामाजिक अभियन्ताहरुको उपस्थितिमा एउटा बृहत ऐक्यबद्धता सभाकै आयोजना गरेका थियौँ जसमा कास्कीका संघीय र प्रादेशिक सभासदहरुपूर्व सभासदहरुमहानगर पालिकाका मेयरसबै राजनीतिक दलका जिल्ला तहका नेतृत्वहरुको सहभागिता थियो । सबैले चिप्ला कुरा गरे । तपाईंलाई दुःख छ र हामीले मात्रै त्यो दुःखलाई हरण गर्न सक्छौँ भन्ने मार्काका आश्वासनका फुर्का जोडे । अनि जब खासमा काम गर्ने बेला आयोअचानकसँग विलय भए । पोखराको कुनै पनि नेताले परियोजनाको इआइए रिपोर्ट निकाल्न र सार्वजनिक गर्न सकेन । न त सिचाइँ लगायत विषय जनजीविकाका विषयमा नेतृत्वले गर्ने भूमिका लिन सक्यो ।
प्रदेशको राजधानीको मध्यछातीमा बन्न लागेको एअरपोर्टबाट पीडित भएका जनताले मुख्यमन्त्रीसँग जनगुनासो राख्न भेट माग्यौँनिवेदन नै हाल्यौँ । उनलाई संघीय सरकारको उछितो काढ्दैमा फुर्सद थिएनहाम्रा कुरा किन सुनुन् ? प्रादेशिक मन्त्रीहरुलाई झन् निजी विद्यालयको वार्षिकोत्सवमा माला थाप्दैमा फुर्सद थिएनजनताको भारी बोक्ने टन्टो किन बेसाउन् ?
त्यसो त महानगरका मेयर मानबहादुर जिसीले केही पहल अवश्य गरे तर उनको हुनै पर्ने भूमिकालाई षडयन्त्रपूर्ण गरिकाले टारिएको भनेर अघि नै लेखिसकेको छु । जग्गा प्राप्ति ऐनले उनको भूमिकालाई निर्दिष्ट गरेको छत्यसकै बलमा हामीले न्याय पाउनेछौँ भन्ने आशा बाँकि नै छ । त्यस्तै संघीय सभासद खगराज अधिकारीप्रदेश सभासदहरु बिन्दूकुमार थापा र दीपक कोइरालले आआफ्ना सभामा विमानस्थलका कुरा कोट्याए पनि त्यसले खास नतिजा दिन सकेन । नतिजा नदिने नेतृत्व र तिनको समर्थनको खास अर्थ हुँदैन ।
कहिलेकाहीं सोच्छुहाम्रा जनप्रतिनिधिले नचाहेका हुन या तिनले नसकेका हुन् ? सोच्छुदेशको कर्मचारीतन्त्रले हाम्रा जनप्रतिनिधिलाई टेर्न छाडेको हो या हाम्रा जनप्रतिनिधिहरु आफैँ कठपुतलामा परिणत हुँदै गएका हुन् ? तर के हाम्रो क्षेत्रबाट सम्माननीय प्रम केपी ओली वा नेकपा अध्यक्ष प्रचण्ड वा कांग्रेस सभापति शेरबहादुर देउवा वा डा. बाबुराम भट्टराई सभासद भएको भए हाम्रो हालत यस्तै हुन्थ्यो होला ? हुँदैनथ्यो भन्ने जवाफ तपाईंको मन आएको छ भने कमजोरी कसको हो ः नेतृत्वको कि समाजको कि कर्मचारीको ?
यो आलेख लेखिरहँदा मेरो मन निकै भक्कानिएको छ । मजत्तिको पढेकोबुझेको र भोगेको मान्छेले त न्याय पाउने अवस्था आएको रहेनछ यो देशमाभने दूरदराजका नेपालीको अधिकार कसले जोगाइराखेको होला ? स्वयं राज्यका संरचनाहरु नै जनअधिकारलाई चिहानमा सुताउन एकजुट भएर लाग्दा रहेछन् भनेहामीले खोजेको र ल्याएको लोकतन्त्रको मूल्य कसरी स्थापित भएको मान्ने होला मलाई राम्रोसँग था छहामीले न्याय नपाउनुकोलोकतन्त्रको मूलअर्थ स्थापना नहुनुको प्रमुख कारण हामीले चुनेका जनप्रतिनिधि विस्तारै कर्मचारीतन्त्रको कठपुतलामा परिणत हुँदै जानु हो । जनताको खास पीडा समाधान गर्ने बेलामा भाग्नेभाषण गर्ने बेलामा आकाश झार्ने नेतृत्वले कर्मचारीतन्त्रलाई दोष थोपरेर उम्किने अवस्था छैन ।
आदरणीय मेयर सापमाननीय सभासदज्यूहरु,कि हामीलाई न्याय दिनुहोस् कि अर्को चुनावमा भोट माग्न नआउनोस् !

Wednesday, December 11, 2019

पोखरा विमानस्थलः राष्ट्रको गौरव, जनताको अपमान


यसकै कारण हरेक वर्ष विमानस्थलमा नयाँ पुर्वाधार थप्ने योजना बनाइन्छ र वर्षैपिच्छे नयाँ क्षेत्रफल अधिग्रहण गर्ने सूचना निकालिन्छ । हचुवाको भरमा निर्माण भइरहेको भनेर सजिलै बुझिने यो परियोजनाले अहिलेसम्म आधा दर्जनभन्दा बेसी पटक गाउँलेलाई विस्तापित गरेको छ । घटना यतिसम्म अमानवीय र संवेदनासून्य छन् कि यो एउटै परियोजनाले कुनै कुनै एउटै परिवारलाई ५ पटकसम्म विस्थापित गरिदिएको छ । शिकारी कुकुरले तित्रा खेदेझैं गरिएको यो लखेट्याई किन भैरहेको छ ?
२ हप्ता अघि मात्रै गरिएको १ सय ४८ रोपनी थप जग्गा अधिग्रहण गर्ने संघीय सरकारको निर्णय कार्यान्वयन भए मेरो आफ्नै परिवार तस्रो पटक विस्थापित हुनेछ । ‘कहिले तेल डिपोको लागि भनेको छ, कहिले ह्यांगरको लागि भनेको छ, कहिले ट्याक्सी वेको लागि भनेको छ, कहिले सिग्नल उपकरण राख्न भनेको छ । यो कस्तो केटाकेटी खेला भैरहेको छ ? के यिनीहरु एअरपोर्टका न्युनतम पूर्वाधार होइनन् ? न्यूनतम पूर्वाधारको लागि यति नै जग्गा यहाँ–यहाँ चाहिन्छ भनेर किन यकिन हुँदैन ? किन पटके अधिग्रहण गरेर जनताको बास उखेल्ने काम हुन्छ ?’ मैले विभागीय मन्त्री योगेश भट्टराईलाई परियोजनाकै सभाकक्षमा सोधेको थिएँ । तर उनको उत्तर थियो, ‘विमानस्थलको क्षेत्रफल जहिल्यै पनि बढ्न सक्छ । विमानस्थलको निर्माण कहिल्यै पुरा हुँदैन ।’
मन्त्री भट्टराईको कुरा झट्ट सुन्दा अति स्वाभाविक लागे पनि खासमा उनको अभिव्यक्तिले दीर्घकालीन समयलाई मात्र इंकित गर्नुपथ्र्यो । तर वातावरणबश त्यसो हुन सकेन । आखिरमा उनको अभिव्यक्तिबाट कम्तिमा समुद्घाटनसम्मको लागि यति नै क्षेत्रफल चाहिन्छ भनेर यकिन गर्न नसक्ने अदूरदर्शी योजनाकारको बचाऊ मात्रै हुन पुग्यो । योजना अदूरदर्शी थिएन भने २०७५ सालमा ‘योभन्दा बढी जग्गा चाहिन्न’ भनेर ‘आउटर पेरिफेरल रोड’को लागि अन्तिम पटक अधिग्रहण गरेको परियोजनाले वर्ष दिन नबित्दै १ सय ४८ रोपनी थप जग्गा चाहिने योजना कसरी निकाल्छ ? अझ अक्रान्त पार्ने कुरा त के भने १ सय ४८ रोपनी जग्गाको अधिग्रहणको स्विकृती दिएको हप्ता दिन पनि नबित्दै परियोजनाका केही चुल्बुले प्राविधिकले अझै ५ सय ८४ रोपनी थप जग्गा चाहिन्छ भनेर हल्ला फैलाउन थालेका छन् । यो भन्दा केटौले योजना के हुन्छ ? २÷३ दशकको लागि चाहिने न्युनतम पूर्वाधार र त्यसको लागि हुुनुपर्ने न्युनतम क्षेत्रफलको समेत पूर्वानुमान गर्न नसक्ने, अल्पकालीन दूरदर्शीता समेत नभएको अल्पज्ञानी मान्छेको हातमा के राज्यले राष्ट्रिय गौरवको आयोजनाको खाका कोर्ने तालाचाबी सुम्पेको हो ? नभए व्र्षैपिच्छे नयाँ नयाँ बहानामा किन जग्गा अधिग्रहण गरिन्छ ? किन पटक–पटक जनताको बास उखेल्न हुँदैन भन्ने न्युनतम संवेदना पनि प्रदर्शन हुँदैन ? यो निरंकुश र हेपाहा प्रवृत्तिको मुल खलनायक को हो ?
परियोजनाले आवश्यक क्षेत्रफलको स्पष्ट खाका सार्वजनिक नगरेको हुनाले ५ व्र्षयता एअरपोर्ट आसपासका कुनै पनि जग्गाको सुक्री बिक्री बन्द भएको छ । एअरपोर्ट प्रशासनले दिनहुँ जसो सम्भावित विमानस्थल विस्तारको बेमैसमी हल्ला फिजाएर बस्ने गरेको छ । जसका कारणले बैंक तथा वित्तीय संस्थाले यहाँको जग्गामा लगानी गर्न इन्कार गरिरहेका छन् । न कसैले खरिद गर्ने, न बैंकले ऋण लगानी गर्ने अबस्थामा महानगरभित्रको महंगो जग्गा पुगेको छ । कतिपय सीमानाका जग्गालाई एअरपोर्टले नै जबरजस्ती रोक्का राखेको छ ।
यसरी यहाँका बासिन्दाको भएको सम्पत्ति एक ढंगले ‘फ्रिज’ भएको छ । आफ्नै सम्पत्ति समेत परिचालन गर्न नपाइने यो बिडम्बनापूर्ण अवस्थाको सिर्जना किन गरिन्छ ? जग्गाको भाऊ घटाउन ? दिनुसम्म दुख दिने र अन्त्यमा आजित बनाएर कौडीको भाउमा जग्गा सुम्पेर भाग्ने मानसिक अवस्थामा जनतालाई पुर्‍याउने यो घिन लाग्दो योजना कसको हो ? यदि यस्तो योजना होइन भने मुआब्जा निर्धारण गर्दा एअरपोर्टदेखि उत्तरको र दक्षिणको जग्गा भनेर हिजो पञ्चायतले समेत नगरेको विभेद किन भयो ? बाटो र कुलोले छोएको र नछोएको भनेर किन फरक फरक दररेट राखियो ? एअरपोर्टलाई चाहिएको क्षेत्रफल हो कि घडेरी वा खेतबारी हो ?
सबैलाई थाहा छ, यहाँको जग्गाको मुल्य एअरपोर्टकै कारणले घटेको हो । एअरपोर्ट नहुँदो हो त यसको बजार भाउ निक्कै माथि हुने थियो । आफ्नै कारण घटेको मुल्यमा उल्टो ‘बार्गेनिङ’ गर्ने अनैतिकता परियोजनाले देखाउनु कत्तिको मनासिब हो ? यो त टेस्ट ड्राइभमा आफैले मोटरलाई पल्टाएर कुच्याउने अनि पछि ‘कुच्चिएको मोटर कम मूल्यमा दे’ भनेर बखेडा गरेजस्तो भयो कि भएन ? के राज्य सोझासाझालाई चेपुवामा पारेर जग्गा हडप्न पल्केको दलाल हो ? होइन भने हिजो २०३२ सालमा जेजस्तो मापदण्ड बनाएर जग्गा अधिग्रहण गरिएको थियो सोही अनुकुलको व्यवहार हुनबाट अहिले कसले रोकेको छ ? एअरपोर्टले गरेको गल्तीको मूल्य हामी जनताले किन चुकाउनु पर्छ ?
२०६९ देखि २०७५ को समयमा भएका अधिग्रहणका बेला विस्तापित नागरिकका बारेमा राज्यले उठाउनुपर्ने न्युनतम दायित्वको पनि पर्वाह भएन । बाजे बराजुका पालादेखि खेतीपातीबाट जीविका चलाइआएका इन्द्रबहादुर केसीको घर र हाराहारी ५ रोपनी जग्गा अधिग्रहणमा पर्दा उनले बुझेको मुआब्जाले छरछिमेकका एउटा घडेरी किनेर घरमात्रै बनाउन पुग्यो । जग्गाको प्रतिइकाई स्वामित्व त गुम्यो गुम्यो, उनले गरिआएको परम्परागत किसानी पेसा पनि सकियो । यसरी रातारात एउटा स्वावलम्बी किसान ज्यालादारी मजदुरमा परिणत भयो । उता जग्गाको सट्टामा जग्गा दिन्छौ भनेर झुलाइएका ७ परिवारको बिचल्लीको कथा झन् भयावह छ ।
प्रश्न गर्दा जग्गा प्राप्ति ऐनका कारण पुग्दो मुआब्जा दिन नसकिने प्रकारको जवाफ जिल्ला प्रशासन कार्यालयले दियो । तर बुझ्नुपर्ने कुरा के हो भने, कुनै ऐनले नागरिकलाई आफ्नो संविधान प्रदत्त मौलिक हक उपभोग गर्नबाट बन्चित गर्छ भने त्यो ऐन नभएर अंकुश हो । त्यो न्यायको खातिर नभएर निरंकुशताको खातिर जोडिएका अक्षरको पुञ्ज मात्रै हो । अबका दिनमा कि त यस्तो ऐन सुधार गरेर होस् कि विकल्पको खोजी गरेरै भए पनि हामीलाई न्याय दिइयोस् ।
उता विस्तापित नागरिकको अधिकारका बारेमा नेपालले समेत हस्ताक्षर गरेको संयुक्त राष्ट्र संघको अभिसन्धिमा स्पष्ट भनिएको छ, विगतको भन्दा उन्नत जीवनको प्रत्याभूति नगर्दासम्म सकैको सम्पत्ति अधिग्रहण गर्नु हुँदैन । यसरी अधिग्रहण गर्दा मानिसको प्रति इकाई जमिनको स्वामित्व घट्नु हुँदैन बरु बढ्नु पर्छ ।
तर के अन्तर्राष्ट्रिय व्यापार र लगानीको विश्वव्यापी प्रावधानमा टेकेर चिनियाँ ऋण लगानीमा बनिरहेको विमानस्थलले त्यो अन्तर्राष्ट्रिय अभ्यास पुरा गरेको छ ? भोलि विस्तापितको न्युनतम अधिकार पनि हनन गरिएको प्रमाण सहित ठेकेदार कम्पनीलाई समेत मुछेर संयुक्त राष्ट्र संघमा मुद्दा दिने हो भने हाम्रो राष्ट्रिय गौरव कता पुग्छ ? चीनसँगको हाम्रो सम्बन्ध कहाँ जान्छ ?
विमानस्थल निर्माणको थालनी हुनुपूर्व अहिलेको रनवेकै छेदकमा परेर सेती सिँचाइ आयोजनाका ३ वटा नहरले दक्षिणी भूभागको करिबन ६ हजार रोपनी उर्बर जमिनलाई सिँचेका थिए । अहिले ती नहर सबै भत्काइएका छन् र रनवेभित्र पुरिएका छन् । पर्याप्त पानी नपुगेको गुनासो लिएर सिँचाइको अफिसमा जाँदा अफिसले एअरपोर्टलाई देखाउँछ भने एअरपोर्टमा जाँदा सिँचाइलाई देखाएर तर्किन्छ । गत वर्ष जनतालाई झुलाउने मनसायले बाटो छेउको नालाबाट वैकल्पिक पानी दिइयो, जसले सामान्य भाषामा भन्दा २० हल गोरुको रोपाइ चल्न पनि सम्भव हुँदैनथ्यो । यति थोरै मात्राको पानीले ६ हजार रोपनीको रोपाइ कसरी अन्मियो होला ? त्यहाँको धानबाली उब्जनीमा कति ह्रास भयो होला ?
अघिल्लो बर्खे बाली त भलबाढीको भरमा जेनतेन रोपियो । तर अहिले हिउँदमा लगाइने तरकारी बाली सिँचाइको अभावमा कसरी सम्भव होला ? फेरि अर्को बर्खा लाग्दासम्म पनि पर्याप्य सिँचाइको व्यवस्था गर्ने योजना न एअरपोर्ट परियोजनासँग छ न सेती सिँचाइ कार्यालयसँग । जनताको जीविकोपार्जनसँग जोडिएको सार्वजनिक सरोकारका पूर्वाधार भत्काउनुअघि त्यसको उचित विकल्पको व्यवस्था हुनु पथ्र्यो कि पर्दैनथ्यो ? यसले गर्दा हजारौं रोपनी जग्गामा आश्रित गरिब किसानलाई पर्ने नकरात्मक आर्थिक प्रभावको बारेमा परियोजनाले के योजना ल्याएको छ ? उनीहरुलाई कि बैकल्पिक सिँचाइको व्यवस्था कि अनुमानित उब्जनीमाथि क्षतिपूर्ति दिनु पर्छ कि पर्दैन ? यो भनेको राज्यले जनतालाई न्युनतम सामाजिक न्याय प्रत्याभूति गर्नुपर्ने अवस्था हो कि होइन ? समाजवाद उन्मुख संविधानलाई शिरानी हालेर सुतेको सरकारले यस्तो कुरामा ध्यान किन दिँदैन ? अब पनि अधिकार खोसेरै लिनुपर्ने अवस्थामा छौं कि नमागिकनै राज्यले दिनुपर्ने राजनीतिक व्यवस्थामा छौं हामी ?
सिँचाइ त परको कुरा भयो, २ हप्ता अघि परियोजनाले स्थानीयको सामुदायिक पहलमा निर्मित खानेपानीको पाइप धरि उधिनिदियो । निक्कै रस्साकस्सीपछि अस्थाई रुपमा पाइप जोडिएको भए पनि २ हप्ताको अवधिमा करिब १ हजार घरधुरीले ट्यांकरको पानी किनेर खानुपर्ने अवस्था आइलाग्यो । १ हजार घरधुरीले न्युनतम २ हजारको दरले पानी किनेर खाँदा समग्रमा समुदायले कति खर्च गर्‍यो ? एअरपोर्ट परियोजनाले गरेको गल्तीको सजायँ हामीले किन भुक्तानी गर्ने ? हाम्रो समुदायले खानेपानीका लागि खर्चेको न्युनतम २० लाख रुपैयाँको क्षतिपूर्ति परियोजनाले व्यहोर्नु पर्छ कि पदैन ?
पर्वत धाइरिङबाट पोखरा बसाई सरेकी गंगाकुमारी शर्माले वैदेशिक रोजगारीमा रहेका श्रीमानको पसिनाको कमाइबाट २०६४ सालको अन्तखेर हवेली मार्गमा साढे ३ आना जग्गाको घडेरी किनिन्, १६ लाख रुपैयाँमा । त्यसको ६ वर्षमा उनको जग्गामध्ये ३ आना काटिएर अधिग्रहणमा प¥यो । जसको मुआब्जा २०७३ सालमा मात्रै पाइन १० लाख ४६ हजार रुपैयाँ । तारबारको सिधारेखा बाहिर पर्ने हुनाले उनलाई आधि आनाको मुआब्जा दिइएन । अब बाँकी आधि आना जग्गा कोरिएको लालपूर्जा बोकेर उनले के गरुन् ? न त्यसमा घर बनाउनु, न त्यसलाई उखेलेर गाउँ लैजानु, न आधि आना जग्गा रुँघेर पोखरा बस्नु ? अझ त्यसमा पनि २५ मिटरको मापदण्ड त ज्युँकातिऊँ छ । जसले गर्दा परियोजना बाहिरको थप २५ मिटर जग्गामा कसैले केही निर्माण गर्नै पाउँदैन । राज्यले बिना कारण गरिब जनतालाई यसरी बिल्लिबाँठ बनाउन पाउँछ ?
उनको जस्तै कथा छ कुस्माबाट बसाई सरेका नारायण श्रेष्ठको । श्रेष्ठका अनुसार यस्तै कथा हुने पीडितको संख्या ४० भन्दा बढी छ । सोचनीय कुरा के हो भने, सर्वसाधारणको हकमा कित्ताकाट नै गर्न नमिल्ने भनिएको यति सानो क्षेत्रफलको जग्गा नापीले कसरी छुट्याएर परियोजनालाई दियो ? अर्काको जग्गालाई टुक्र्याएर लिएपछि घर निर्माणको लागि महानगरले तोकेको न्युनतम क्षेत्रफलभन्दा कम बँचेको जग्गा परियोजनाले लिइदिनु पर्ने हो कि होइन ? अर्काको सम्पत्तिलाई जबरजस्ती उपयोगविहीन अवस्थामा पुर्‍याइदिनु भनेको पनि अधिग्रहण गर्नु बराबर नै हो । नागरिकले व्यहोरेको यति प्रष्ट क्षतिप्रति पनि राज्य संवेदनशील छैन भने लोकतन्त्र आउनु र निरंकुशता रहनुबीचमा के भिन्नता भयो ? स्मरणीय कुरा के छ भने हिजो पञ्चायत कालमा अधिग्रहण हुँदा यस्तो रहेलपहेल जग्गाको समेत मुआब्जा दिइएको थियो । तर अहिलेको लोकतान्त्रिक परिपाठीमा पनि सर्वसाधारणले झन् ठुलो सास्ती किन खेप्नु परेको छ ? यसको मतियार को हो ?
यसरी सबै नेपालीका लागि राष्ट्रिय गौरवको आयोजना भए पनि यता हामी स्थानीयको अनुभवमा भने सामुदायिक अपमान र अमानवीयताको उदाहरण भएको छ, पोखरा विमानस्थल । जसलाई देखेर तपाईं गर्वले शीर उचाल्नु हुन्छ । त्यसैलाई देखेर हामी स्थानीय अपमान र आवेगले आगो हुन्छौं । यहाँको प्राकृतिक र पर्यावरणीय प्रभावको मूल्यांकन र त्यसको क्षतिपूर्ति हुने कुराको भर्सेला परोस्, यहाँ त जनजीविका र बासोबासकै बिल्लिबाँठ भएको छ । बिस्तापितको अधिकारबारेमा अन्तर्राष्ट्रिय मान्यताको धज्जी उडाइएको छ । पोखरा उपत्यकामा सबैभन्दा पहिला ओर्लेर यहाँको औलो खेप्दै कुँडहर फाँट लगायतका ठाउँलाई आवाद गर्ने मध्येका १ हाम्रा पितापूर्खादेखि चलिआएको सांस्कृतिक सम्पदा र सामाजिक सम्बन्ध ध्वस्त पारिएको छ ।
अहिले आएर १ सय ४८ रोपनी थप जग्गा अधिग्रहण गरी बचेखुचेको पुरानो गाउँ र त्यसको ऐतिहासिक पहिचान निमिट्यान्न पार्ने गरी लिइएको नेपाल सरकारको निर्णयले हामीलाई थप प्रताडित पारेको छ । कौडीको दरभाऊमा जग्गा दिएर सहयोग गरेका हामी स्थानीयलाई गरिएको संवेदनाविहीन र अमानवीय व्यवहारले हामी अत्यन्त विक्षिप्त भएका छौं । यस अघिका तमाम अन्यायपूर्ण समस्याको समाधान नगरिकन एकतर्फी रुपमा लादिएको थप अधिग्रहणको निर्णय हामीलाई मान्य छैन । आफैंले लडेर ल्याएको लोकतान्त्रिक व्यवस्थामा यो विघ्नको निरिहता अनुभूति गरेर कोही नागरिक बाँच्नु नपरोस् ! यो विघ्नको निरंकुश शैलीको संवेदनाहीन परियोजना कहिल्यै नआओस् ! राज्य जनताको अभिभावक हो भन्ने प्रमाणित होस् ! मानवता नहारोस्, जनताको जीत होस् !

Published at:
https://samadhannews.com/news/2019/12/11/12017/

Sunday, August 25, 2019

घोडा, प्रेम र बिम्बहरू



प्रिय विपश्वी,
तिम्रो कविता पढेपछि यो लेख्दैछु ।
नेपालका राणाहरुकै जस्तो अवस्था थियाे युरोपका धेरै राजपरिवारको । एलिनोर हर्मनको एउटा किताब छ, सेक्स विद द क्विन । राजकीय यौन जीवनको दारुणिक कथा छ यसमा । पुरुष शासकहरुलाई एउटै समस्या हुन्थ्यो  वंश कायम गर्ने । काँचै उमेरदेखि दिनहुँ अनेकथरी महिलासँग सम्बन्ध राख्ने उनीहरु आफ्नै रानीसँग तयार हुन सक्दैनथे । उनीहरु बरन्डामा बस्थे र तल घोडाघोडीलाई क्रिडा गर्न लगाउँथे । सायद एडल्ट चलचित्रको प्रारम्भिक पात्र नै घोडा हुनुपर्छ । दर्शक थिए महाराजहरु । प्राणीहरुमध्येमा सर्वाधिक कामुक लाग्ने खाले यौन क्रियाकलाप गर्ने जनावर हो घोडा । त्यसैको प्रभाव हो बिपीको ‘कर्णेलको घोडा’ । घोडाको क्रिडा हेरेर मात्तिएपछि हतारहतार खोपीमा छिर्थे । पहिल्यै तयारी राखिएकी रानीसँग सहबास गर्थे, सायद बलात्कार हुन्थ्यो त्यो ।
राजारानीको सेक्स प्रेमका लागि कम वंश विस्तारका लागि ज्यादा हुन्थ्यो । रानीहरुबाट तलमाथि भएर वंश बिग्रन सक्ने भयमा उनीहरुलाई खोपीमा राखिन्थ्यो । महिला सुसारेसँगै सुताइन्थ्यो । लाचार रानीहरु लेस्बियानिटीको अभ्यास गर्थे ।
घोडा प्रेमको मात्रै होइन बलात्कारको पनि बिम्ब हो ।
घोडाका बारेमा जति कुरा पश्चिममा छ, अरबमा छ, त्यत्ति पूर्वमा छैन । घोडाका बारेमा बनाइएका बिम्बहरु घोडाको मान्छेसँगको सम्बन्धका कारण बनेका हुन् । घोडीसँगका सम्बन्धले होइनन् ।
घोडाको शरीर, यसको सुडौलता, लामो समयसम्म चल्ने यौन क्रिडा, अरु जनावरको भन्दा सफा र आकर्षक यौनाङग ।… जनावरहरुम सबैभन्दा सेक्सी जनावर हो यो । भनिन्छ, अरबियन घोडीको यौनाङ्ग मान्छे पुरुषलाई समेत लोभ्याउने खालको हुन्छ । घोडापुरुषको कुरै भएन ।
घोडाको प्रेमको किस्सा घोडीकै करामत हो । घोडा कर्ता हो, कारक होइन ।
कृष्णलाई केशव पनि भनिन्छ । किन कि उनले केशी नाम गरेको घोडा राक्षसलाई मारेका थिए । मिथिकल साइकोलोजीले भन्छ  केशी नामको घोडा कृष्णभन्दा पनि सेक्सी थियो । कृष्णले ईश्र्याले मारेका हुन् ।
घोडाको कुरा गर्दा याद आउँछ स्टपिङ बाइ द वुड अन स्नोई इभिनिङको पात्र घोडा । कवि रोबर्ट फ्रस्टको यो कविताको अन्तिम लाइन धेरैले सम्झन्छन् । तर मलाई सम्झनामा आउने चाँहि बिचको लाइन हो ।
थ ष्तितभि जयचकभ mष्नजत तजष्लप ष्त त्रगभभच
त्य कतयउ धष्तजयगत ब ाबचचजयगकभ लभबच ।
यो सानो घोडाको अर्थ यहाँ मान्छेको अन्तरचक्षु हो । जंगललाई पहिला सुन्दर तर पछि डार्क एन्ड डिप देख्ने कविको घोडाले भने त्यो हिउँले ढाकिएको जंगल र जमेको ताललाई सुन्दर देख्न सक्दैन । ग्रिकहरु सोच्छन्, हामी सब एउटा अदृश्य घोडामा सवार छौं— कालको घोडा ।
पूर्वीय दर्शनमा कृष्ण सारथि भएको चारघोडे रथ, सूर्यदेव चढ्ने घोडा, बुद्धको कन्थक, आदिको प्रसंग सम्झनामा आउँछ । अश्वमेध यज्ञमा घोडाको तागत अनुमान गर्न सकिने गरी छ । यो यज्ञहरुको पनि यज्ञ जो हो । सम्झनामा डिएच लरेन्सको रकिङ हर्स विनर पनि आउँछ । घोडालाई पागलपन, वस्तुवादिता र द्रव्यतागतको विसंगत विम्बको रुपमा राखिएको छ त्यहाँ ।
टाढा कतैबाट यतिखेर ग्रिसहरुको ग्रे पोनी वा एउटा फरक युनिकोर्न हिन्हिनाएको सुन्दैछु म यतिबेला । लास्ट अफ् द मोहिकन्सको कोरस जस्तो ।
मलाई मन पर्ने जनावरमा घोडा नै हो । चरामा काग । जलचरमा जेली फिस् ।
घोडाको किस्सा नभएको संसारमा कुनै धर्म नै छैन । घोडा संसारका हरेक भाषामा पाइने शब्द पनि हो । सबै संस्कार र संस्कृतिमा यसको महिमा छ । घोडाको बिम्ब प्रयोग नभएको कुनै साहित्य छैन संसारमा । घोडाको नामबाट कहिल्यै कुनै लामो रेस प्राय हुँदैन । तर पनि लामो रेसको घोडा भन्ने शब्दावली चल्तीमा छ ।
जे एम सिन्जेको नाटक छ एउटा  राइडर्स टु द सी । आफ्नो वंश धान्ने अन्तिम छोरालाई मेलामा पठाउनु अघि एउटी बुढी आमाले सपनामा देखेको घोडा आउँछ मेरो मनमा । सोही घोडाले पछारिदिएर समुद्रमा खसेर मर्छ त्यो बुढीको अन्तिम जीवित छोरो । घोडा मृत्युको विम्ब पनि हो । हाम्रोतिर खाटका चार खुट्टा समातेर लैजान यमराजका चार दूत आउँछन् भनिन्छ । आयरल्यान्डको त्यो टापुमा मृत्युको बिम्ब भनेकै घोडा हुँदोरहेछ । जब पानीमैं डुबेर मर्ने पक्का हुन्छ, पौडन जानेको भन्दा नजानेकै बेस हुन्छ । समुद्र किनारको रैथाने त्यो केटोका पूरै वंशजले पौडन सिकेनन् तर घोडचढी सिके । पौडन जान्ने मान्छेको मृत्यु झन् डरलाग्दो हुन्छ, जब समुद्रको कुरा आउँछ । यही इम्प्रेसनमा द वेस्ट ल्यान्डका सर्जक टी एस इलियटले लेखेका छन् कतै  ‘मलाई पानी यति मन पर्छ कि म डुबेर मर्न चाहन्छु । यसैले मैले पौडी खेल्न सिकिन ।’ पानीमा डुबेरै मरेको हो कवि शेली ।
पानीमा डुबेर मर्न चाहने र मरेका सर्जकहरूको नाम गुगलले पनि बताउला । लिस्ट लामो छ । म गुगलमा नआउँला तर छु । मैले ‘पानी’ शीर्षकको कविता लेखेको थिएँ ।
वरिपरि खेलाएर सतत् माछाहरु
अर्को जन्म छ भने कतै
मलाई पानी भएर जन्मने ईच्छा छ
मेरो ईश्वर,
म तँलाई मैंभित्र डुबेर मरेको हेर्न चाहन्छु ।

Published at:
http://www.nepalayanews.com/archives/category/%e0%a4%9c%e0%a5%8b%e0%a4%a1-%e0%a4%b0-%e0%a4%98%e0%a4%9f%e0%a4%be%e0%a4%8a%e0%a4%b9%e0%a4%b0%e0%a5%81