Contact Form

Name

Email *

Message *

Z

Thursday, August 24, 2017

चुटिकला १

कछुवाछाप धूप

एकदिन भारतीय र चिनियाँ युवाहरू रेलमा सङ्गै यात्रा गर्दै थिए ।
तेत्तिकैमा एउटा मच्छड उनीहरूको अगाडि उड्दै आएछ । त्यो मच्छडलाई चाइनिजले च्याप्पै समातेर क्वाप्पै खाएछ ।
फेरि अर्को मच्छड उनीहरूको अगाडि उड्दै आएछ । यो बेला चाहिँ भारतीयले चिनियाँले भन्दा छिटो मच्छडलाई च्याप्पै समातेर चिनियाँलाई देखाउँदै भनेछ-
"मित्र ! भर्खरै समातेको ताजा मच्छड हो, एक डलरमा किन्छौ ?"
म सोच्ने गर्छु- त्यहाँ एकजना नेपाली भइदिएको भए के गर्थो होला ?
सायद भारतीयसँग कछुवाछाप धूप किनेर बाल्थ्यो होला !
नोट : हाङयुग अज्ञातको फेसबुकबाट साभार ।

आखाँमा माटो

काले र गोर बनमा घुम्न जादाँ एक्कासि अगाडि चितुवा आयो । चितुवालाई देखेर गोरेले एक मुठ्ठी माटो हातमा लिएर चितुवाको आखाँमा फ्याक्छ अनि कालेको हात समातेर भाग काले भाग काले भन्छ तर कालेः म किन भाग्ने चितुवाको आखाँमा माटो त तैँले फालेको हो नि ।

मुग्लिन

पोखराबाट एउटा बस छुटेछ। बसमा एउटी बूढी आमै पनि थिइन्। बस चलेपछि आमै निदाइछिन्। एक्कैचोटी मलेखुमा आइपुगेर आमै ब्युँझिछन्। अनि सोधिछन् -- बाबु मुग्लिन आइपुग्यो?
कन्डक्टर -- मुग्लिन त अघि नै गइसक्यो नि!आमै -- ला! हो र? बरबाद भयो नि बाबु!बसका यात्रुहरूले यी आमै मुग्लिनमा ओर्लिनु पर्ने रहेछ भन्ने सोचेछन् र बस चालकलाई अनुरोध गरेछन् -- अब एक दुई घन्टा र दुई चार लिटर तेलको वास्ता नगर्नुस्, गाडी फर्काएर मुग्लिन लैजानुस्। यी आमैको बिजोग होला!बस मुग्लिन पुग्यो फेरि। सबैले भने आमैलाई -- ल आमा! मुग्लिन आइपुग्यो।आमै -- आयो? राम्रो भयो बाबु! मलाई छोराले मुग्लिनमा पुगेपछि यो औषधि खानू भनेर भनेको थियो।यति भन्दै आमैले पोल्टाबाट एउटा औषधिको चक्कि निकालिन्।

Coolidge effect.

काल्विन कुलिज अमेरिकाका तीसौं राष्ट्रपति हुन्। राष्ट्रपति दम्पति एकपटक कुखुरा फार्म अवलोकन गर्न गएछन्। घुम्दै घुम्दै श्रीमती कुलिज प्रजनन केन्द्रमा पुगिछन्। त्यहाँ एउटा मात्र भाले थियो।
श्रीमती कुलिज -- एउटा मात्र भाले छ यहाँ?
कर्मचारी -- हो हजुर।
श्रीमती कुलिज -- एउटै भाले?
कर्मचारी -- हो हजुर।
श्रीमती कुलिज -- यो कुरा राष्ट्रपति महोदयलाई बताइदेऊ।
राष्ट्रपति पनि घुम्दै घुम्दै त्यहाँ आइपुगे। कर्मचारीले श्रीमती कुलिजको कुरा बताइदियो।
राष्ट्रपति -- अनि पोथी चाहिँ एउटै छ कि धेरै छन्?
कर्मचारी -- धेरै छन् नि।
राष्ट्रपति -- यो कुरा म्याडमलाई बताइदिनू।
-----
फरक फरक युवती भए चाहि पुरुषहरूको निरन्तर यौन सक्रियता हुन सक्ने, तर एकै युवतीसँग आकर्षण कम हुँदै जान्छ भन्ने मनोविज्ञानलाई Coolidge effect भन्ने चलन छ।



कुतुब मिनार 

एउटा विदेशी भारत घुम्‍न हिँडेको थियो। एउटा गाइड पनि साथमा थियो। एकदिन अजन्ताको गुफामा घुमेर आइसकेपछि विदेशीले सोधेछ -- यती निर्माण गर्न तिम्रा पुर्खालाई कति समय लागेको थियो?
गाइडले भन्यो -- लाग्यो होला एक हजार वर्ष?
विदेशी -- एक हजार वर्ष?
गाइड -- त्यति नलागे पनि पाँच सात सय वर्ष त लाग्यो होला नि।
विदेशी -- हाम्रो मुलुकमा यति निर्माण गर्न दश वर्ष मात्रै लाग्छ।
अर्को दिन गाइडले उसलाई ताजमहल घुमाउन लग्यो।
विदेशी -- यो बनाउन कति वर्ष लाग्यो?
गाइड -- एक वर्ष।
विदेशी -- एक वर्ष? हाम्रो देशमा तीन महिनामा बनिसक्छ यस्तो त।
अर्को दिन गाइडले कुतुब मिनार घुमाउन लग्यो।
विदेशी -- यो बन्न तिमीहरूलाई कति समय लाग्यो?

गाइड -- खोइ! हिजोसम्म यो यहाँ थिएन। आज आउँदा त बनिसकेछ।

अचम्मले मृत्युु !

एउटा मान्छे यमराजको ढोकामा पुगेछ। त्यहाँ उसले भर्खरै मर्त्यलोकमा देखेको मान्छे पालो कुरिराखेको रहेछ। सोध्यो -- हैन म त चिसाले मरेको तिमी कसरी मर्‍यौ ह‍ँ?
जवाफ दियो -- म अचम्मले मरेको।
अचम्मले?
हो अचम्मले। म घरमा आउँदा मेरो घरको गेट खुलै थियो। सबै कोठाको ढोका पनि खुलै थियो। कोही पसेछ भनेर सबैतिर हेरें, देखिनँ। ढोका बाहिर जुत्ता पनि थियो। तर मान्छे छैन। तल आइपुग्दासम्म आवाज पनि आको थ्योर माथि सुनसान छ। अचम्म के ममनेको थिएँ, म त यहाँ पो आइपुगेछु।
धत्!  फ्रिज खोल्नु पर्दैन। तिमलाइ देखेर म फ्रिज भित्र पसेको। तिमले सबैतिर खोज्यौ, फ्रिजमा चाहिँ हेरेनौ। तिमी बाहिर अचम्म मान्दै गर्दा म चिसाले यता आउने भएँ।

A Disruptive Writer (An Interview)



A few years ago, Ganesh Poudel retired as a teacher to pursue his love for writing. This year he published Paitala, his debut surrealistic novel, which instead of answering questions, aims to encourage the readers to raise some about science, religion, and spirituality. In this conversation with the Post’s Samikshya Bhattarai, Poudel talks about his new book and how good literature is a product of the taste of good readers. Excerpts: 
Tell us about your debut novel, Paitala? How would you describe what you have tried to bring to the readers with the book?
Paitala is a quest novel of a mystical genre in which the protagonist Josmani is destined to wander through different Tantric cities encountering surreal characters and myth-like incidents. He is inspired to leave home and worldly affairs in search of a mythological Sanjivani Bidhya and a mystic chemical, called NH6CY in the novel. 
Paitala doesn’t come with the purpose of answering any sort of questions.  Instead, it intends on creating situations that will enable the readers to raise questions about science, religion, and spirituality. Every experience is mystical and gives birth to curiosity. Unlike realism which tries to answer questions, surrealism tries to raise them—and that’s what my novel does as well.
In other interviews, you have said that Paitala raises questions on the nature of storytelling itself and how stories are told. Can you elaborate on this?
Questions like what, who, when and where are the operational questions not only in real life but also in storytelling; and are always easy to answer. For example, if I asked you what you ate today and added other questions with who, when or when; you will be able to answer them quickly. It is because human knowledge is bound to incidents (what), characters (who), time (when) and place (where). But if I asked why you ate or how you ate, certain difficulties would arise. ‘Why’ is a mystery question. ‘How’ is a class question. ‘How’ divides people; ‘why’ mystifies.  
In storytelling too, when we ignore what, who, when and where, and magnify how and why aspects, it becomes mystical. It becomes unfathomable. It becomes sugar without sweetness. 
The storytelling in Paitala, makes a reader raise and stumble on the how and why questions. 
Tragedy of Nepali fiction lies in the narrative which is very ritualistic, traditional and singular. Any writer can play with tools, devices, and techniques of narrating a story. My concern is to disrupt the existing style of narration. 
Why was now the right time to publish your first novel?
A debut novel at 37 years old and you ask why it was the right time! 
I took self-retirement from teaching three years ago to delve into the world of writing. I had been teaching for about 15 years before I took the decision. Back then I was only participating in the world of writing via casual write-ups in print-media. These, occasional writings only made me restless. I started thinking that newspaper write-ups can’t gratify my need and hunger for expression. I wanted to tell more, show more and do more with words. 

Tell us a bit more about Random Readers’ society. Why are reading clubs like these important for Nepali literature?
Random Readers’ Society (RRS) is a small group of avid readers who aspire to promote reading culture in Nepal. And to attain its goal, the group organises book discussion programmes, helps to establish community libraries, trains teachers and parents on imparting reading habits to the kids, among others. It also designs creative promotional campaigns for a published book. 
It might be because of the literacy rate or our educational system, reading culture is not huge in Nepal. A book that crosses the sales of five thousand pieces is considered to be a bestseller. In Nepal, the major concern for a writer is livelihood. If only we could sell 500 pieces in an average in all districts; writing would certainly be an attractive profession. I think reading clubs’ most important job is widening the arena of readership and boosting the writers’ confidence.
Nepali literature lacks constructive and creative criticism. Criticism is limited to the monotonous ‘thesis’ writing in universities; that promote citation over innovation. Reading clubs like RRS are important to break this cycle. They are important for the promotion of healthy criticism from readers which ultimately help a writer grow. 

Do you think Nepali literature is too Kathmandu-centric?
I actually don’t think so. Any 1true and promising writer, at least, nowadays, dhouldn’t be and aren’t Kathmandu-centric. 
You can live and write from anywhere to get published in Kathmandu. Kathmandu might have centralised publication industry, but not creativity. 
Published: 31-05-2017 08:52
May 31, 2017- 

Published at:
http://kathmandupost.ekantipur.com/news/2017-05-31/the-disruptive-writer.html

ठकवक तान्त्रिक र सेपिन्स सपना



यौन सुखमा लिप्त ए पुरुष ! तँलाई आश्चर्य भएको छैन कि यो के भइरहेको छ ? यो जुन आनन्द यहाँ भइरहेको छ, त्यो आनन्द खासमा कसलाई भइरहेको छ ?

पाँच वर्षअघिदेखि मेरो मनमा एउटा हुन्डरी चल्दै आएको छ । मलाई यस्तो लाग्छ कि मान्छेको आदिम अंग ‘पैताला’ हो । मान्छेको जातले जे पाएको छ, जे गुमाएको छ, त्यो सब पैतालाको कारणले हो । त्यो कुनै कार्ल माक्र्सले भनेजस्तो पेटको कारणले होइन । न कुनै फ्रायडले भनेजस्तो यौनका कारणले हो । वा कुनै मानवतावादी मनुवाले भनेझैँ हृदयको कारणले हो । न कुनै शास्त्रीय दार्शनिकले भनेझैँ टाउकाका कारणले हो । न कुनै औपनिवेशिक सम्राट्ले भनेझैँ गर्धन र पाखुराका कारणले हो ।

मान्छे जात मुसाफिर जात हो । नयाँ नयाँ जमिनलाई पैतालाले कुल्चिने उत्कण्ठा मान्छेको आदिम उत्कण्ठा हो । यही उत्कण्ठाले कुतकुत्याएर मान्छेको जात अस्ट्रेलिया पुग्यो, अमेरिका पुग्यो । उही आदिम इच्छाले तानेर मान्छेले डरलाग्दा हिँउका गल्छेँडाहरू कट्यो । मरुभूमिहरू छिचोल्यो । महासागर तर्‍यो । मान्छे त्यसै पैँतालामा उभिएको हुँदै होइन ।

पैँतालामा उभिने जमर्को मान्छेको खतरनाक जमर्को हो । यसका लागि मान्छेले ठूला जैविक र जिनेटिक मूल्य चुकाएको छ । पुस्तापुस्ताले तिर्नुपर्ने गरी ठूलो स्याक्रिफाइस भएको छ । पैँतालामा ठाडो उभिएकै कारणले मान्छेको जात ‘प्रिम्याच्युअर’ जन्मन्छ । जनावरहरू जन्मनेबित्तिकै उफ्रन्छन् तर मान्छेको बच्चालाई आत्मसुरक्षाको हैसियतमा पुग्न कति समय लाग्छ ? सीधा उभिँदा पाठेघरमाथि पर्ने अतिरिक्त बोझका कारणले नै यस्तो भएको हो ।

हुन्डरीले एउटा गोरेटो समातेर मैले उपन्यास लेखेँ । सोही उपन्यासको फाइनल कपी लेख्न नेपालगन्ज जाँदै थिएँ । अचानक कुमार नगरकोटी दाइको एब्रप्ट एसएमएस आयो । ‘फलानो किताब खुरुक्क पढ । यसमा के छ पनि मलाई नसोध । कहाँ पाइन्छ पनि नसोध । किताबको आफैँ सिकार गर ।’
मान्छेको जात सिकारी जात त हुँदै हो । बुक हन्टिङ मेरो पनि सोखको विषय । अनुभवको विषय । जनाउको पाँचौँ दिनमा किताब हात लाग्यो । युभल नोह हरारीको ‘स्यापियन्स’ । मान्छेको इतिहासमाथि लेखिएको यो किताबले मैले लेखिभ्याएको उपन्यासलाई यस्तरी उकेरा लगायो, म यसको पुन:सम्पादन गर्न जनकपुर हिँडेँ । यो निबन्ध म जनकपुरबाटै लेखिरहेको छु ।
***
मलाई एउटा अनौठो अनुभव छ । मास्टरीकालमा ‘पैसा’ अनकाउन्टेबल नाउन (असंख्येय संज्ञा) हो भनेर बुझाउन मलाई सदैव हम्मेहम्मे पथ्र्यो । सम्भवत: संसारमा सबैभन्दा ज्यादा गणना गरिने जिनिस हो पैसा । यसैलाई ‘अनकाउन्टेबल’ करार गर्नु चानचुने बात थिएन ।

‘रुपियाँ, डलर, पाउन्ड, यान, दिराम आदि पैसाका एकाइ मात्र हुन् । पैसा होइनन् !’ यति भनेर सम्झाइदिएकामा विद्यार्थीहरू सम्झिदिएको जस्तो गर्थे । तर, एउटा न एउटा चम्बु विद्यार्थी जुरुक्क
उठ्थ्यो र सोधिहाल्थ्यो :
‘उसो भए पैसा के हो त नि माड्साप ?’
‘हेर बाबुनानी, पैसा एउटा विश्वास हो । मान्छेको कल्पना हो ।’ म भन्न खोज्थेँ । तर, सक्दिनथेँ । विद्यार्थीहरूबाट मास्टर बहुलाएको हल्ला फैलन सक्ने भय बढेर आउँथ्यो ।

स्यापियन्स अर्थात् हामी । हाम्रो मान्छे जात । हामीले कल्पनालाई यस्तरी वस्तुमा परिणत गरिदियौँ कि सम्पत्ति, पैसा, देश, कानुन ... सबका सब हामीलाई भौतिक सत्य लाग्न थालिसकेका छन् । हरारी भन्छन्, ‘ व्यापार, मानव अधिकार, प्रजातन्त्र, धर्म आदि सबै खासमा विश्वासमा अडिएका अप्राकृतिक कुरा मात्रै हुन् । मानव अधिकार भन्ने कुरा मान्छेको आविष्कार मात्रै हो । देश उस्तै आविष्कार हो । धर्म, पैसा, भाषा पनि खासमा मान्छेका अविष्कार मात्रै हुन् । संज्ञानात्मक विकासको चरणमा मान्छेले विकसित गरेको सर्वाधिक महत्त्वपूर्ण कुरा भनेको ‘ काल्पनिक सत्य’को अविष्कार हो । यस्तो सत्य, जसले मान्छेलाई मान्छेसँग जोडिराख्न मद्दत गर्छ ।

एउटा नेपाली लिम्बु मानौँ कुनै अन्जान देशमा १५ वर्षदेखि छ । १५ वर्षपछि सोही देशमा उसको भेट अर्को नेपाली थारूसँग हुन्छ । अनि, अचानक त्यो थारू लिम्बुको सर्वाधिक प्रिय भइदिएर आउँछ । आफूलाई १५ वर्षदेखि गाँस, बास दिएका, माया दिएका त्यो अन्जान देशका नागरिकभन्दा भर्खरै आएको नेपाली थारू किन उसलाई सर्वाधिक प्रिय लाग्यो होला ? किन विश्वसनीय लाग्यो ? बात साफ छ । राष्ट्रियताको कारणले ।

धर्म, राष्ट्रियता, कानुन, मानव अधिकार, पैसा आदिले मान्छेलाई अनन्त एकाइका अन्जान मान्छेलाई पनि नियन्त्रण गर्न सघाउँछ । नेपालमा (देशको उदाहरण मात्रै) बस्नेहरू सबै नेपालको कानुन मान्न विवश छन् । भलै उनीहरूमध्ये धेरैलाई कानुनमा के छ भन्ने जानकारी पनि हुँदैन । हामी हामीलाई थाहै नभएको कुरामा पनि विश्वास गर्छौं । कल्पना गर्नूस् त, एक दिन संसारका सबै मान्छे जंगली भए भने के हुन्छ ? तिनीहरूले ओशो वा हिप्पीका झैँ देश, कानुन, धर्म र मर्यादालाई मान्दैनौँ भनिदिए भने के हुन्छ ? भाषाको कारणले मात्रै हामीले यस्ता काल्पनिक सत्यको निर्माण गर्न सकेका हौँ । काल्पनिक सत्यको बलमा हामी हाम्रो प्रभाव र नियन्त्रणलाई मजबुत बनाउन चाहन्छौँ । त्यसैले त मिसनरीहरू धर्म प्रचारमा हिँड्छन् ।

भाषाले हामीलाई यस्तरी जोड्यो कि मिलेर बस्न, लडाइँ–झगडा नगर्न, एकले अर्कालाई सहयोग गर्न मान्छेले मान्छेलाई चिन्न नपर्ने भयो । ईश्वर, राष्ट्र, धर्म आदि जस्ता साझा कल्पनामा विश्वास गरेर हामीले सामूहिक जीवन बाँच्न थाल्यौँ । हिजो जंगलमा बाघ, भालु, सर्प आदिसँग जोगिँदै जोगिँदै सन्तान जोगाएका हामीसँग अहिले फुर्तिला कार छन् । आकाश छुने महल छन् । हवाईजहाज छन् । तर, हरारी भन्छन्, ‘हाम्रो जिनले घरीघरी ठान्छ कि हामी अझै पनि सभानातिरै छौँ । हामी भौँतारिन चाहन्छौँ । मान्छेको निराशा, एकाकीपनको कारण त्यही हो ।’ मनोविज्ञानले के भन्छ भने संसारका सबै मान्छे चिल्लोचाप्लो र गुलियो भनेपछि मरिहत्ते गर्छन् । यो एक आदिम चाहना हो । आजभन्दा ७० वर्ष पहिले रसिला र गुलिया फल खानु भनेको कहिलेकाहीँ मात्रै नसिब हुने कुरा हुन्थे । मान्छेले छुन नपाउँदै जंगली फल चरा र बाँदरले सखाप पारिसके का हुन्थे । कृषिकालपछि मात्रै मान्छेलाई गुलियो फल सर्वसुलभ भएको हो । आदिकालको गुलियो प्रेम अझै हाम्रो जिनमा सुरक्षित छ र त हामी बोसो र गुलियोलाई यतिविघ्न स्वाद गर्छौं ।

कतिलाई पत्यार नलाग्न सक्छ तर अहिलेको ‘यौन’ पनि मान्छेको आविष्कार नै हो । किनभने, यौन मान्छेले आविष्कार गरेको ‘सौन्दर्य चेतना’बाट निर्देशित हुन्छ । करिब पाँच महिना पहिले मैले एउटा फेसबुक स्ट्याटस लेखेको थिएँ । ‘यौन मान्छेको अविष्कार हो ।’ तिनताका म एउटी कुरूप आइमाई ‘लोथिरा साह’लाई मेरो उपन्यासको पात्र बनाएर कथामा घुसाउँदै थिएँ । लोथिरा जो यति कुरूप छे कि उसलाई देखेपछि रनाहामा परेको यौनांग पनि तत्काल शिथिल भइजान्छ । हुल्हुली बान्ता निस्कन थाल्छ ।

भाषाकै बलमा मान्छेले ठीक र बेठीकको निर्माण गर्‍यो । सुन्दर र कुरूपको अवधारणा विकास गर्‍यो । कृषि क्रान्तिपूर्वको समयमा जब कुनै वृद्धा समूहको लागि बोझ अनुभूत हुन्थी, उसको पछिपछि आएको कुनै युवकले पत्थरले टाउकोमा बजाउँथ्यो र हत्या गरिदिन्थ्यो । नचाहेको बच्चा, अपांग वा दीर्घ रोगीलाई पनि त्यसै गरिन्थ्यो । त्यो न ठीक थियो, न बेठीक । जस्तो : हामी ‘हिजो राती भएको सम्भोगबाट गर्भ रहेको’ डरमा रोधकचक्की खाएर गर्भपात गर्छौं । के हामी गर्भपातलाई बेठीक मान्छौँ ? त्यो पनि भोलिपल्टै गरिएकालाई ? ठीक त्यस्तै मनोदशामा अशक्त वृद्ध मारिन्थिन् ।

ठीक र बेठीकको चलन भाषाकै देन हो । यसकै बलमा नीतिशिक्षा बने । धर्म बने । नियम–कानुन बने । संविधान बने । अचेल हामी मानव अधिकारभन्दा माथि उठेर पशु अधिकारका बात मार्ने भइटोपलेका छौँ । कुन दिन कुन सन्काहाले ‘वनस्पती अधिकार’को कुरा पनि ननिकाल्ला भन्ने छैन ।
***
‘स्यापियन्स’ पढेको एक हप्तापछि मलाई स्वप्नदोष भयो । बिहेपछि भएकै थिएन तर खै किन भयो भयो त्यस दिन । सपनामा मैले भित्ताभरि सूर्य देखेँ । चन्द्रमा, बिच्छी, कछुवा, माछा, सुगा, बाँस, आँप घारी सबका सब देखेँ । भित्ताभरि तान्त्रिक तवरले कोरिएका चित्र देखेपछि मात्रै मलाई थाह भयो, म कोहवर घरमा छु । नभन्दै बाँसघारीको छेउबाट आँखा फुट्लाजस्तै एकोहोरो मलाई हेरिरहेको ठकवकलाई देखेँ ।

ठकवकले सोध्यो, ‘यौन सुखमा लिप्त ए पुरुष ! तँलाई आश्चर्य भएको छैन कि यो के भइरहेको छ ? यो जुन आनन्द यहाँ भइरहेको छ, त्यो आनन्द खासमा कसलाई भइरहेको छ ?’

मैले यसरी सोचेकै थिइनँ । सोच्नेबित्तिकै मेरो शरीरमा अचानक एउटा तान्त्रिक क्रान्ति घटित भएझैँ भयो । म मुस्कुराएँ । ठकवक बोल्यो, ‘इन्द्रियको त्यो भाग जसलाई हामी समात्न सक्दैनौँ, त्यो हो आत्मा । आत्माको त्यो भाग जसलाई हामी समात्न सक्छौँ, त्यो हो शरीर । भन सम्भोगले कसलाई आनन्द भयो ?’

प्रश्न सुन्नेबित्तिकै भित्ताको चित्रमा भएको बाँसको घारीबाट सुगा उठ्यो । बाँसको भेदमा भएको त्रिभुजाकार योनि विलुप्त भयो । ठकवक पनि गायब भयो । बिच्छी, सर्प, कछुवा हराइगए । म जुरुक्क भएँ । खुट्टाका कापबाट स्वप्नदोष बगिरहेको थियो ।

‘भोग गर तर आत्मालाई माथि राख । संसारका सबै रंगको आनन्द लेऊ । तर, भोक्ता भएर होइन, द्रष्टा भएर । साक्षी भएर । तिमी विदेह भैजाऊ ।’ अष्टावक्र सम्झेँ । अनि, बोरा बिस्तरा पोको पारेर कुदेँ जनकपुर ।
***
हरारी मान्छेको इतिहासलाई चार कालमा बाँड्छन् । करिब ७० हजार वर्ष पहिले मान्छेमा संज्ञानात्मक क्रान्ति भयो । तिनताका विश्वका मान्छेका कम्तीमा पनि एक दर्जन जात थिए । हाम्रो जाति ‘होमो स्यापियन्स’ले सबैलाई विस्थापित गर्दै अघि आयो । अहिले मान्छेको जातमा ‘स्यापियन्स’ मात्रै जीवित छौँ । कल्पना गर्नूस् त, बाघ र सिंह भएझैँ यौनिक साझेदारी सम्भव नभएको अरू जातको मान्छे पनि अझै सृष्टिमा भएको भए के हुन्थ्यो होला ? खैर, यी भात पचाउने कल्पना मात्रै हुन् । पृथ्वीनारायणले एकीकरण नगरेको भए नेपाल के हुन्थ्यो भनेजस्तै ।

अनि, ११ हजार वर्षअघितिर मान्छेले कृषि क्रान्ति गर्‍यो । सिकार गर्ने र खानेकुरा खोज्ने ‘फोरेजर’ समूहलाई स्थिरताको बाटो देखाउँदै कृषि युगको आरम्भ भयो । करिब पाँच सय वर्ष पहिले वैज्ञानिक क्रान्ति सुरु भयो । यसले २ सय ५० वर्ष पहिले औद्योगिक क्रान्ति गर्‍यो । जसको जगमा ५० वर्ष पहिले मान्छे सूचनाको युगमा प्रवेश गर्‍यो । मान्छे जैव–प्राविधिक (बायोटेक्नोलोजिक) क्रान्ति गर्दै छ, जो सुरुआती चरणमै छ । हरारी शंका गर्छन् कि बायोटेक्नोलोजीको विकासले होमो स्यापियन्स् अर्थात् हामी मान्छेको जातलाई विस्थापित गर्नेछ । हाम्रो सट्टामा बायोइन्जिनियरिङ गरिएका अमोर्टल साइबोर्ग मान्छेहरूले राज गर्नेछन् । यिनीहरू अमर अर्थात् ‘इमोर्टल’ त हुने छैनन् तर हत्या, आत्महत्या वा दुर्घटनाबाट जोगिएमा सदा बाँचिरहन सक्ने ‘अमोर्टल’ हुनेछन् ।



प्रकाशित: माघ १२, २०७३

http://nepal.ekantipur.com/news/2017-01-25/20170125190524.html

पैताला : कथा उत्खननको आदिअङ्ग (रचना गर्भ)


मेरा हजुरबा नामी तान्त्रिक र ज्योतिष थिए । विजयपुर खोलाको किनारमा आफैँले हुर्काएको जङ्गलको बीचमा रहेको ढुम्रीको रूखमुनि अनवरत मन्त्रजप गरेर बस्थे । हजुरबा उल्कै घुमक्कड पनि थिए । नेपालका सबै भूभाग र तत्कालीन औपनिवेशिक भारतका धेरै भागमा हिँडेरै पुग्थे रे ! उनले हालको बङ्गलादेश र पाकिस्तानका देवस्थल पैतालाले नापे । घुम्ने खर्चको जोहो गर्ने अगल काइदा थियो हजुरबाको : जोगी भएर हिँड्ने । जोगी भएर देश देशावर चहारेका मेरा हजुरबाका किस्सा मैले मेरा बा, काका र गाउँका बूढाहरूबाट सुनेको हुँ ।
मेरो हजुरबाको प्रभाव मेरा बामा पनि थियो । मेरा पुरेत बा पनि पूजापाठको दक्षिणाले खल्ती उकासिनेबित्तिकै घुम्न निस्किन्थे । घरमा आमालाई पिरलो पारेर कसैलाई नभनी राति उठेर सुटुक्क भागिदिने π उनी भागेर कता जान्थे कसैलाई थाहा हुँदैनथ्यो । वर्षामासको रोपाइँ वा मङ्सिरको चटारो छोडेर भागेका बालाई सम्झेर आमाले कसौंडीको भात चलाउँदै गीत गाउनुहुन्थ्यो :
घर बारेर सरुवा सारेकोरुन मलाई कर्मले पारेकोपाइना खबर, घर फर्की आउनुहोस् मेरो हजुर ।
मलाई एकातिर कवि हृदयकी अनपढ आमाको एकांकीपन र ६ जना सन्तान हुर्काउँदाको दु:खको आभासले रुवाउँथ्यो भने अर्कोतिर बाले निस्फ्रिक्री घुम्दै गरेका ठाउँ र भेट्दै गरेका मान्छेका कथाको कल्पनाले रोमाञ्चित पाथ्र्यो । घरबाट भागेको एक–दुई महिनापछि बा घर फर्केर आउँथे र आफूले घुमेका ठाउँ र भेटेका मान्छेको कथा हामी केटाकेटीलाई सुनाउँथे । हामी ठूला हुँदै गएपछि भने बा कहिल्यै भागेर हिँडेनन् । त्यसो पनि होइन । एकपटक त भागे, २०५७ सालमा । कुरा कात्तिकतिरको हो । तिहार मुखैमा थियो । म बीए पढ्दै थिएँ । त्यो बेला हराएका मेरा बालाई खोज्न भनेर मेरो बालसखा महेश भण्डारी र म चितवनका धेरै गाउँ–ठाउँ चहार्दै हिँडेका थियौँ । हामीले बिखर्ची भएर अड्किएका बूढा बालाई चितवन माडीको एउटा घरमा आश्रय लिएर बसेको अवस्थामा भेटेका थियौँ ।
त्यसको ६ वर्षपछि बा अनन्त लोक घुम्न निस्किनुभयो । उहाँलाई भूलोक घुमेर पुग्यो । त्यसपछिको भगुवा विरासत मेरो भागमा आयो । भागेर हिँड्ने पालो अब सायद मेरो थियो ।
मेरो हजुरबा र बाको जिनेटिक प्रभाव ममा पनि छ । म आफँैलाई अति अस्थिर मन भएको मान्छेको रूपमा पाउँछु । एकै पेसा, व्यवसाय, ठाउँ, सम्बन्ध वा काममा अड्किरहन सक्दिनँ । हिँडिरहन मन लाग्छ । म सिनेमा पनि प्राय: एक्लै हेर्छु । घुम्न पनि एक्लै निस्किन्छु । घुम्न चाहिने खल्ती भएन भने घरमा एक्लै चेस खेल्छु । मैले उपन्यासमा प्रयोग गरेको पात्र जोस्मणिमा पनि त्यही घुमक्कड जिन घुसेको छ । किस्सा, कथा र उद्देश्य फरक भए पनि जोस्मणिको चरित्रनिर्माणमा मेरा हजुरबा, बा र मेरो आफ्नै समष्टि अवचेतन मिस्कट परेको छ ।
०००
मेरो बुद्धि विकासमा ‘महाभारत’ को ठूलो प्रभाव छ । सानो छँदा हजुरआमाका लागि ‘रामायण’, ‘महाभारत’ र ‘कृष्णचरित्र’ जस्ता किताब पढिदिन्थ्यौँ । हजुरआमा आफैँ पढ्न सक्नुहुन्थ्यो, तर भरिसक्ये नातिनातिनालाई नै सश्वर कथा वाचन गर्न लगाउनुहुन्थ्यो ।
महाभारतको प्रारम्भमा एउटा प्रेमकथा छ, देवयानी र कछको । यिनको प्रेमको छेकलमा सञ्जीवनी विद्याको प्रसंग छ । देवयानीका पिता शुक्र महान् कवि मात्रै थिएनन्, अन्वेषक पनि थिए । दैत्यका गुरु शुक्रले मृत्युलाई यति नजिकबाट अध्ययन गरेका थिए कि यसको रहस्य नै पत्ता लगाएका थिए । उनैले बनाएका थिए सञ्जीवनी विद्या जसले युद्धमा मरेका दैत्यगणलाई ठामका ठाम ब्युँताइदिन्थ्यो । देवासुर संग्रामका बेलामा शुक्रको सञ्जीवनी विद्या अभेद्य अस्त्र सावित भएको थियो । महाभारत पढ्दाका बखतदेखि नै मेरो बाल मस्तिष्कमा सञ्जीवनी विद्याको गहिरो प्रभाव थियो । खै किन हो ? मलाई भित्रभित्रै लाग्थ्यो कि कुनै दिन म आफैंले पनि त्यो विद्या प्राप्त गर्नेछु । राती निदाउनुपूर्व र बिहान आँखा खुलेपछि बिस्तारामा पल्टेर सञ्जीवनी विद्याको कल्पना गर्थेँ, कहिलेकाहीं अझै गर्छु ।
'पैताला' को मूलपात्र जोस्मणि यही सञ्जीवनी विद्याको खोजमा निस्केको छ ।
०००
हामी हुर्केको पुरानो घरमा मात्र २ वटा कोठा थिए । ६ जना छोराछोरीसहित ८ जनाको परिवारका लागि जम्मा दुइटा कोठा थोरै हुने भैहाल्यो । त्यसैले बाहिर पिँढीमा पनि एउटा खाट हुन्थ्यो । पिँढीको खाटमा पल्टेर हेर्दा खरका तान्द्राबाट खसेको बलेनीले ढाक्न नसकेको आधी आकाश देखिन्थ्यो । तिनताका मेरो गाउँमा बिजुली बत्ती थिएन । बिजुलीजस्ता ताराहरू आकाशभरि थिए । हामी केटाकेटी आँगनमा ओछ्याइएको गुन्द्रीमा उत्तानो पर्दै तिनै ताराहरू हेरेर मन लाग्दा चित्रहरू कल्पना गथ्र्यौँ । एकले अर्कालाई आफूले कल्पना गरेको चित्र देखाउने खेल खेल्थ्यौँ । ताराहरूलाई कल्पनाको रेखाले जोड्ने खेल खेल्दाखेल्दै ममा त्यसै–त्यसै आकाशसँग प्रेम बस्यो । अवसर मिलेसम्म जमिनमा उत्तानो परेर म अझै पनि आकाश हेरिरहन्छु । चाहे दिन होस् या रात ।
स्कुलमा एक दिन पृथ्वीको उत्पत्तिको कथा पढेँ । सायद ६ कक्षामा होला । 'ब्रह्माण्ड (आकाश) यति विशाल छ कि यसको कुनै अन्त्य नै छैन ।' एउटा यस्तै आशयको वाक्य थियो जसले मलाई निकै दिनसम्म अशान्त बनायो । ब्रह्माण्ड यदी स्पेस हो भने यसको अन्त्य कसरी असम्भव छ ? म प्रश्न सोध्थेँ । तर यसको उत्तर मसँग थिएन । पछि ब्रह्माण्ड उत्पत्तिका अरू धेरै सिद्धान्तहरू पनि पढेँ । स्टेफन हकिन्स पढेँ । तर मेरा प्रश्नहरू कहिल्यै शान्त भएनन् । उल्टै थपिँदै पो गए ।
पृथ्वीभन्दा लगभग सय गुणा ठूलो भनिएको सूर्य अझै तातो छ तर त्यसबाटै टुक्रिएर (?) बनेको भनिएको पृथ्वी किन यति चाँडै सेलाइसक्यो ? सोलर नेबुलाको संयोजनबाट करिब साढे चार अर्ब ६० करोड वर्ष पहिले बनेका हुन सूर्य र पृथ्वी । तर पृथ्वी करिब ३५ मिलियन वर्षअगाडि नै चिस्सिएको भनिन्छ । पृथ्वी किन चिस्सियो ? चिस्सिनु भनेको के हो ? यदि बिग ब्याङ्बाटै ब्रह्माण्डको उत्पत्ति भएको हो भने तिनताकाको ब्रह्माण्डमा जताततै समान ताप वितरण भएको हुनुपथ्र्यो । जब चारैतिर समान ताप छ, तब कसरी कुनै अमूक पिण्ड मात्रै सेलाउन सक्छ ?
यति ब्रह्माण्ड फैलिरहेको छ भने फैलनाकै लागि भए पनि ब्रह्माण्डबाहिर कुनै स्पेस त हुनैपर्छ । त्यसो भए के स्पेस र युनिभर्स फरक कुरा हुन् ? त्यो ब्रह्माण्डबाहिरको स्पेस तातो छ कि चिसो ? तातो छ भने कुन ऊर्जाले तातो छ ? चिसो छ भने कसरी चिसो छ ? जसरी तातो हुन कुनै बलिरहेको वस्तु चाहिन्छ, चिसो हुन किन कुनै ‘सर्त’ आवश्यक हुँदैन ? के चिसो आफैँ स्थापित हुने अवस्था हो ?
म के कल्पना गर्थेँ भने, कुनै न कुनै यस्तो पदार्थ हुनैपर्छ जसले हामीले चिनेका आम तत्त्व र ऊर्जाको ठीकविपरीत काम गरोस् । अर्थात् अरू तत्त्वका परमाणुहरू डिफ्युज हुँदा जसरी ठूलो परिणामको ताप निकाल्छन् त्यस्तै कुनै तत्त्व हुनुपर्छ जसका परमाणु डिफ्युज हुँदा उस्तै परिणामको चिसो निस्कनुपर्छ । उपन्यासमा त्यस्तो इलेमेन्टलाई मैले ‘एनएचसिक्ससिवाई’ भनेको छु । ‘एनएचसिक्ससीवाई’ मेरो आकाश–प्रेमको उपज थियो । 'पैताला' को मूलपात्र जोस्मणि यसको पनि खोजमा निस्केको छ ।
मृत्यु र ब्रह्माण्ड संसारका सबैभन्दा ठूला रहस्य हुन् । यिनै रहस्यको पर्दामा धर्महरू जन्मिएका हुन् । सिद्धान्तहरू जन्मिएका हुन् । सभ्यताहरू जन्मिएका हुन् । कथाहरू जन्मिएका हुन् । तर यस्ता रहस्यको खोजमा कुनै पात्रलाई हुत्याउँदा हुने असहजतालाई व्यवस्थापन गर्न मात्रै मैले तन्त्रको सहारा लिएको हुँ । कथामा तन्त्रको सिम्बोलिक प्रयोग मात्रै भएको छ ।
०००
व्यवस्थापनको विद्यार्थी भए पनि मलाई इतिहास, दर्शन र मिथकको ठूलो अभिरुचि छ । मलाई के लाग्यो भने, तन्त्रले व्याख्या गर्ने शरीरका चक्रहरू मानव सभ्यताका चरणबद्ध सत्यहरू हुन् । तर कुण्डलिनी तन्त्रको चक्र शरीरको तलदेखि माथितिर जागृत हुँदै जान्छ । दर्शन उत्पादनको चक्र भने माथिबाट तलतिर झर्दै गएको छ । सत्यको उत्पादन कसरी तलतल झरेको छ त ? हेरौँ न π
शास्त्रीय भौतिकवादीहरूले टाउकोलाई सत्य माने । सभ्यताको प्रारम्भिक चरणमा सत्य भनेकै ज्ञानेन्द्रियले दिने अनुभव र अनुभूतिको संयोजन थियो । नाक, कान, आँखा, छाला र जिब्रोले जे भोग्छ, त्यही सत्य । औद्योगिक क्रान्तिपछि वस्तुको उत्पादन ह्वात्तै बढ्यो । मेसिनले गर्ने अतिरिक्त उत्पादनका लागि अतिरिक्त बजारको खोजमा निस्केका देशले संसारभर उपनिवेश फैलाए । बेलायत सूर्य नअस्ताउने देश भयो । उपनिवेशको फैलावट र बचावटमा युद्धहरू जन्मे । युद्धको त्यो बेला सत्य टाउकोबाट ओर्लेर गर्धन, काँध र पाखुराको भागमा बस्यो : पाखुराले हतियार समात्ने, च्वाट्ट गर्धन काट्ने र उपनिवेश फैलाउने, काँधले बोकेर उपनिवेश धान्ने ।
उपनिवेश कालको उपज विश्वयुद्धहरूको क्षतिपछि मान्छे निराश भयो । हतास मनस्थितिकै कारण विसंगतिवाद र शून्यवाद मौलायो । युद्धको विभीषिका देखेर मानवता जाग्यो । राष्ट्रसंघ बने । जेनेभा सन्धि भयो । मानवअधिकारका कुरा आए । अनि अस्तित्ववादको बहससँगै सत्य गर्धनबाट छातीमा अर्थात् हृदयमा ओर्लियो । तर त्यो बेलासम्ममा माक्र्सवादको बहस सुरु भैसकेको थियो । उनले सत्य छातीबाट अझ तल पेटमा झारिदिए । माक्र्सले भने, समाजको सत्य भोका र अघाएका मान्छेको द्वन्द्वबाट स्थापित हुन्छ । उता कार्ल मार्क्सकै छेकलमा सिग्मन्ड फ्राइडले सत्यलाई पेटभन्दा पनि अझै तल ओरालिसकेका थिए । उनी भन्थे, सिर्जनात्मक सत्य पेटमा होइन, यौनांगमा हुन्छ ।
यसरी टाउकोबाट ओर्लिंदै ओर्लिंदै सत्य यौनांगमा आयो तर त्यसपछि अझै तल कहिल्यै झरेन । एक्कासि उत्तरआधुनिकता पो बहसमा आयो जसले पहिले स्थापित सबै सत्यको अवधारणा, केन्द्र र लयलाई भत्काइदियो । सत्यको खोजलाई नै अस्वीकार र अपहेलना गर्न थाल्यो । सभ्यताको योभन्दा ठूलो विडम्बना के हुन्छ ?
मलाई के लाग्न थाल्यो भने, सत्यको आदि–अङ्ग बरु पैताला हो । त्यसलाई स्थापना गरौँ अनि जानुपरे बल्ल जाउँला केन्द्रविहीनताको अवधारणामा । पहिला बाटो त पूरा गरौँ । बाटो नसक्दै गन्तव्यलाई गाली गर्न त भए नि !
सोच्नुस् त, सृष्टिको पहिलो कथा के थियो होला ? मलाई लाग्छ, मान्छेको पैताला र जमिनको आदिम संवाद नै सृष्टिको पहिलो कथा हो । मान्छेका पैतालाले घाँससँग, बालुवासँग, हिउँसँग, महासागरको पानीसँग, पहाडका गल्छेडासँग जुन संवाद गर्‍यो, त्यो संवादको उत्कण्ठा मान्छेको आदिम उत्कण्ठा हो । कथा बनाउने र कथा सुनाउने त्यो अवचेतन इच्छामा नै सभ्यता विकासको सूत्र लुकेको छ । सत्य अन्वेषणको आदि–अङ्ग पैताला नै हो ।
(पौडेलको उपन्यास 'पैताला' शनिबार विमोचन हुँदै छ)
प्रकाशित: जेष्ठ १३, २०७४



Published at: 

Tuesday, August 22, 2017

साहित्यको कुनै राजधानी हुँदैन

अष्ट्रेलियाबाट प्रकाशित हुने नेपालीपत्रका लागि निष्प्रभ सजीले लिनुभएको  'पैताला' उपन्यासबिशेष कुराकानी । 
*********************************************************************************


‘म’का बारेमा मेरा केही रिजर्बेशन छैनन् । मैले भन्दै आएको पनि छु, म अहिले जे छु, जस्तो छु त्यो हुनुमा मेरो समाजका सबै मान्छेको भूमिका छ । मैले भोगेको समाज मात्रै होइन लाखौँ बर्षदेखि विकसित हुँदै आएको जीव विकासको जिनेटिक प्रभाव पनि ममाँ रहेको हुन्छ ।







पैतालामा घुम्ने रहरले जोगी भएको पात्रको किस्सा छ । यो तपाईको निजी अनुभव त होइन नि ?


मैले पहिले पनि भनेको छु, मेरा हजुरबा जोगी भेषमा देश देशावरमा घुम्न निस्कँन्थे । मेरा बा पनि घुमक्कड थिए । मेरो तन–मनको पनि ठाम–ठेगान एकनास हुँदैन ।
म आफू नै जोगी भएर हिँडेको किस्सा एउटा अति गोप्य मामला हो । मैले अति छोटो समयको लागि मात्रै त्यसो गरेको थिएँ । धेरै कम साथीहरूलाई मात्र त्यसको जानकारी छ । यसको एउटा अगल अनुभव छ । अनुभूति छ । कुनै दिन पुस्ताकारमा ल्याउने छु । ‘पैताला’मा जोगी भएर डुलेको जोस्मणिको अनुभवसँग मेरो अनुभव मेल खाँदैन । अनुभूतिहरू त मिल्ने भैहाले ।

तपाईमा एकातिर सात्विक पूर्वीय मिथक र अर्कोतिर तात्विक माक्र्सवादको बाक्लो प्रभाव देखिन्छ । जीवन भोगाइमा पछाडिका विचार वा दर्शनका बारेमा सोच्नै नपाउँदै आम मान्छेको जीवन बगिरहेकै हुन्छ । र, त्यसैले इतिहास बनाउँछ । समाज बनाउँछ । सायद यही नै समाज विकासको नियम हो । एउटा साधारण मानिसका लागि उसको दैनिक संघर्ष नै दर्शन हो । हामी अलि बढी दर्शन र वादको पछि लागेको हो ? 


म विचारले माक्र्सवादी तर व्यवहारले वैयक्तिक छु । वैयक्तिक हुनु भनेको मिथककै प्रभावले गर्दा हुने हो । मिथक भनेका अवचतेन अवधारणाहरू हुन् । अव्यक्त वैयक्तिक अनुभूतिहरू हुन् । म अनुभवहरूमा माक्र्सवादी भए पनि अनुभूतिहरूमा आध्यात्मिक (धार्मिक होइन) छु ।
‘म हो हुँ ?’ भन्ने प्रश्न नै धर्म र दर्शनको खोज बिन्दू हो । (हुन त धर्म पनि एउटा दर्शन नै हो ।) त्यसैले पनि हामी ‘जीवन दर्शन’ भन्ने शब्दाबली बनाउँछौँ । हरेकको जीवनको सार ‘म’ को आविस्कार र खोज नै हो । अहिलेसम्मका धर्म र दर्शनले ‘म’ (जीवन) र ‘इतर म’ (जगत) का बारेमा विभिन्न धारणा बनाएका छन् । ‘म’लाई जगतबाट अगल हेर्ने या समष्टीमा हेर्ने वा यिनीहरूको अस्तित्वलाई नै ईन्कार गर्ने भन्ने तीन कुरा नै खासमा मुख्य विचार हुन् ।
‘म’का बारेमा मेरा केही रिजर्बेशन छैनन् । मैले भन्दै आएको पनि छु, म अहिले जे छु, जस्तो छु त्यो हुनुमा मेरो समाजका सबै मान्छेको भूमिका छ । मैले भोगेको समाज मात्रै होइन लाखौँ बर्षदेखि विकसित हुँदै आएको जीव विकासको जिनेटिक प्रभाव पनि ममाँ रहेको हुन्छ । म ‘म’जस्तो पनि छु । समकालिन मान्छे जस्तो पनि छु । आदियुगको बाँदर जस्तो पनि छु । बिरुवा जस्तो पनि छु । त्यो त अलग कुरा, म त पृथ्वीमा पहिलो पटक जन्मेको एककोषीय जीवजस्तो पनि छु । विज्ञान, विचार र विश्वासकै आधारमा पनि संसारको जो कोही मान्छे एकल ‘म’ हुनै सक्दैन ।
म भनेको खासमा म हुँदिन । म हुनुमा इतिहास र वर्तमानको समष्टि हुन्छ । ‘दैनिक संघर्ष’भित्र पनि मान्छेको इतिहास त लुकेकै हुन्छ । अनकन्टार विगतदेखि शादृष्य वर्तमान हुँदै अन्जान भविष्यसम्मका भोग्य अभोग्य सबैको समष्टि हो ‘म’ । यसैले म त कुनै मान्छे वा समाज दर्शन र वादको पछि लागेको भन्ने अवधारणालाई नै ईन्कार गर्छु ।

मूलधारको साहित्यमा उपस्थिति जनाउन मोफसल राजधानी धाइरहन्छ । हामी त धाएका छैनौ भन्नेले पनि अप्रत्यक्षरुपमा निकै कसरत गरिरहन्छन् । यसलाई कसरी लिनुहुन्छ ? 


राजधानी प्रशासनिक जिनिस हो । साहित्यीक होइन । तर हाम्रो साहित्य लामो समयसम्म विश्वविद्यालय, सरकारी छापाखाना (साझा लगायतका) र प्रज्ञा प्रतिष्ठानको चंगुलमा फँस्यो । हामीले विगतमा राजधानीलाई ईन्कार गर्न सकेका थिएनौँ । लोकतन्त्रको विकाससँगै खुलेका निजी प्रकाशन गृहको विकासले गर्दा अहिले राजनीति, विचार वा सम्बन्ध भन्दा पनि गुणस्तर र बजारको वजनले किताबहरू प्रकाशित हुन थालेका छन् ।
अहिले पनि कुनै प्रकाशन गृह राजधानी काठमान्डुमा हुन सक्छ, तर त्यो भौगोलिक सत्य मात्रै हो । सिर्जनात्मक सत्य होइन । बजारको सत्य होइन । कला, साहित्य र दर्शनको कुनै राजधानी हुँदैन । मोफसल हुँदैन । स्कुल मात्रै हुन्छ ।
जो जसले अझै पनि राजधानी देखिरहेका छन्, तिनलाई म लेखक होइन लेखनदास देख्छु ।

तन्त्र, मन्त्र र यन्त्र को जालोमा जेलिएको छ पैताला भन्दा हुन्छ ? तपाईँ आत्मा र पूनर्जीवनमा विश्वास गर्नुहुन्छ ?


अगाडिका तीन शब्द ‘तन्त्र, मन्त्र र यन्त्र’ सम्म ठिकै कुरा हो । तर पछाडिका ‘जालो’ र ‘जेलिएका’ भन्ने शब्द ठिक होइनन् । कुनै जालोमा जेलेर के कथा लेख्नू ? यसको कथा नै तान्त्रिक होइन, यसको कथा–विधान मात्रै तान्त्रिक हो । हामी कथा वाचनमा कति समृद्ध थियौ । महाभारतको कथा बिर्सेर न्यारेशन मात्रै हेर्नुस् त ! रामायण कसरी वाचन भएको थियो ? हाम्रा पुराणहरूको पनि कथा भुल्दिनुस्, वाचन शैली हेर्नुस् । स्वास्थानीमा ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ वाला किस्सा मात्र हेर्नुस् त ! ‘पैताला’को कथा नै तान्त्रिक होइन कि यसको वाचन मात्रै तान्त्रिक हो ।
विधिमा जोड दिँदा तान्त्रिक हुन्छ । शब्दमा र भावमा जोड दिँदा मान्त्रिक हुन्छ । शैलीमा जोड दिँदा यान्त्रिक हुन्छ । ‘पैताला’को जोडबल विधिमा छ । शब्द र शैलीलाई महत्व दिइएको छैन ।
रहस्य कथा लेखेको भएरै आत्मा र पूनर्जीवनको कुरा सोध्नु भएको होला । मलाई दुवैमा विश्वास छ । तर जसरी आम मान्छेले आत्मा वा पूनर्जीवन भनेर बुझ्छन् त्यसमा भने विश्वास छैन ।

गनेस पौडेल, गणेश पौडेल होइन । गनेस नाम को पृष्ठभूमि के हो ? 


मेरो खास कानुनी नाम खडक राज पौडेल हो । तर मेरो कानुनी नामले मलाई कसैले चिन्दैनथे । घरेलु नाम गणेश नै थियो । तर कसैले पनि शुद्ध ‘णे’ उच्चारण गर्दैनथे । अधिकाँशले ‘गँडेश’ भन्थे । मलाई साह्रै दिक्क लाग्थ्यो । कतिलाई त झपार्थेँ पनि । पछि आइएस्सी पढ्दा मेरा धेरै मधेसी साथीहरू भए । अति प्रितिकर मित्रहरू । उनीहरू मलाई बोलाउँदा ‘ण’ वा ‘ड’ उच्चारण गर्दैनथे । ‘न’ उच्चारण गर्थे । मलाई ‘न’को उच्चारण अधिक मधुर लाग्थ्यो । पछि साथीहरू बिछडिए । ‘गनेस’ भनेर बोलाउनेहरू कोही भएनन् ।
स्तानक पढ्दा पहिलो पटक रचना छपाएको थिएँ । एउटा निबन्ध थियो । आलेख लेखिसक्दा पनि मलाई खडकराज लेखुँ वा गणेश लेखुँ भन्ने दुबिधा रहिरह्यो । अनि तिनै साथीहरू सम्झनामा आए ः अनिमेष ठाकुर, अनुज झा, अतुल झा, श्यामकुमार साह ... । अनि मैले गनेश लेखेर पठाइदिएँ । त्यसपछि पाँच छ महिना गनेश नै लेखेँ । यसबिचमा मैले ध्वनी विज्ञान पढेँ । ध्वनी विज्ञानअनुसार ‘न’ ले तालब्य नभई दन्त्य स माग्दो रहेछ । अनि ‘गनेस’ गरेँ । उसमाथि गनेसको अर्थ पनि त बन्ने भयो । ‘गन्नु’ क्रियापदको आदेशात्मक रुप हुन्छ गनेस् । यसरी क्रियापदलाई नै नामयोगीको रुपमा प्रयोग गर्न थालेँ ।
गनेस : मलाई पनि गन्नु अर्थात काउन्ट मि टु ! यो त गज्जबको अस्तित्ववादी कुरा भयो ! यसरी मैले मेरो नाम मात्रै होइन, नामको अर्थ पनि आविष्कार गरेको हुँ । आजकाल सबैले बोलाउँदा पनि गनेस नै भन्छन् ।

नगरकोटीकोको शैली र गनेस पौडेलको लेखन शैलीलाई उस्तै मान्ने त होइनन् ? पैताला को पृथक पक्ष के हो ? 


नगरकोटी मेरा प्रिय सर्जकमध्ये एक हुनुहुन्छ । तर वहाँको र मेरो लेखनशैली, शब्द चयन, कथा–विधान आदि कुनै कुरामा पनि समानता छैन । वहाँले पनि मिस्टिसिज्ममा कलम चलाउनु भयो मैले पनि त्यसैमा डेब्युँ गरेँ । हामी दुबैका कथाहरू सर्रियल भएको हुनाले यस्तो कुरा आएको होला । तर मिस्टिसिज्म वा सर्रियालिज्म भनेको त स्कुल पो हो । व्यक्ति होइन । यसमा लामो अभ्यास छ सभ्यताको । मुर्तिकला, चित्रकला, साहित्य, सिनेमा, संगीत, नृत्य जताततै यसको अभ्यास र प्रयोग भएका छन् ।
अधिकाँश नेपालीहरू धेरै किताब पढ्दैनन् त्यसैले ‘पैताला’मा नगरकोटीको प्रभाव भएको देखे । नभए मलाई मिस्टिक यात्रीहरू रुमी, खलिज गिब्रान, हर्मन हेस्से, सिग्मन्ड फ्रायड आदि मात्रै होइन सर्रियल सर्जकहरू आन्द्रे ब्रेटोन, साल्भाडोर डाली, फ्रान्सिस्को गोया, पिना बाउश आदि हुँदै महर्षि वेदव्यास वा वाल्मीकीकै प्रभाव भएको देख्थे होलान् ।
मिस्टिसिज्म् र सर्रियालिज्म्को सुन्दरतम संयोजन कतै भएको छ भने त्यो मिथकहरूमा भएको छ । ‘पैताला’ उत्तरआधुनिक शैलीमा गरिएको मिथ मेकिङ हो । मिथ मेकिङ गर्नु भनेको भैरहेको मिथ भत्काउनु वा पुनर्संरचित गर्नु पनि हुँदो रहेछ । ‘पैताला’ कतै अलग उभिन सक्छ भने यही धरातलको पैतालामा उभिन्छ ।

Published at:
http://www.nepalipatra.com/news/trend/paitala-ganesh-paudel/21056

YouTube