Contact Form

Name

Email *

Message *

Wednesday, August 22, 2018

पोखरा विमानस्थलको जग्गा अधिग्रहण होहल्ला मात्रै–मन्त्री अधिकारी


प्रकाश ढकाल
पोखरा, भदौ ६ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणका कुरा होहल्ला मात्रै भएको बताएका छन् । डिजाईन अनुसार संरचना निर्माण गर्न आवश्यक जग्गा पर्याप्त रहेको भन्दै उनले अहिले आएका सबै होहल्ला भएको बताए । ‘जग्गा अधिग्रहण हुन्छ भन्ने होहल्ला मात्रै हो । डिजानको काम पूरा गर्न थप जग्गा चाहिँदैन, उनले भने–अनावश्यक होहल्ला नफिजाऔं । सामान्य कम्पोनेण्टका लागि जग्गा चाहिए स्थानीयको चित्त बुझाएर मात्रै अधिग्रहण हुन्छ ।’
बुधबार विमानस्थलको टर्मिनल भवन शिलान्यास गर्न पोखरा आईपुगेका मन्त्री अधिकारीले रनवे का लागि थप जग्गा आवश्यक नभएको समेत प्रष्ट पारे । ‘पोखरामा जति रनवे बढाएपनि ठूला जहाज आउन सक्दैनन् । १९२ देखि २०० सिट क्षमताको जहाज आउन अहिलेको २ हजार ५ सय मिटरको रनवे नै पर्याप्त हुन्छ, उनले थपे–रनवे बढाउँदैमा विमानस्थलको क्षमता बढ्दैन । त्यसैले थप जग्गा आवश्यक छैन ।’
विमानस्थलका लागि पेट्रोल भण्डारण र हृयांगरका लागि जग्गा मिलाईदिन नागरिक उड्ययन प्राधिकरणले नै वडा कार्यालयलाई पत्र पठाएको थियो । तर मन्त्री अधिकारीले चाहीँ यसका लागि पनि विमानस्थल भित्रै जग्गा ब्यवस्थापन गर्न सकिने उल्लेख गरे ।
यसैबीच, निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलमा टर्मिनल भवनको शिलान्यास भएको छ । बुधबार विशेष कार्यक्रमका बीच मन्त्री अधिकारीले पूजापाठ सहित भवनको शिलान्यास गरे । सन् २०२० को जुलाई सम्म टर्मिनल भवन बनिसक्ने आयोजना कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार कुल १४ हजार वर्ग मिटरको टर्मिनल भवन बन्नेछ । जुन अन्तराष्ट्रिय उडानका लागि ८ हजार र आन्तरिक उडानका लागि ६ हजार वर्ग्मिटरको क्षेत्रफलमा हुनेछ । आगामी असोज महिनादेखि विमानस्थलको रनवे पनि निर्माण गर्न सुरु हुनेछ । सन् २०२१ को जुलाईसम्म पूर्ण सञ्चालनमा आउने गरी विमानस्थल निर्माणको काम भैरहेको छ ।
Published at: 

0 Comment:

Post a Comment