Contact Form

Name

Email *

Message *

Thursday, August 9, 2018

पोखरा विमानस्थललाई जग्गा पुगेन, अधिग्रहण गर्न लाग्दा जग्गाधनी आन्दोलित

पोखरा, साउन २४ ।
पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आयोजनाले थप जग्गा अधिग्रहण गर्न भएपछि पोखरा १४ चाउथेका बासिन्दा आन्दोलीत भएका छन् । पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई पोखराले थप जग्गा अधिकरण गर्ने भन्दै सुचना वडामा पठाएपछि स्थानीयहरु आन्दोलीत भएका हुन् ।
आयोजनाले विमानस्थल निमार्णका लागि थप जग्गा आवश्यक परेको भन्दै अधिकरण गर्न लागेको जनाएको छ । आयोजनाले थप ४ सय रोपनी भन्दा बढि जग्गा अधिग्रहणका लागि वडा कार्यालयलाई पत्र पठाएको छ । अधिकरण गर्ने भनिएको थप जग्गामा करिब १ सय ५० भन्दा बढि घरहरु रहेका छन् ।
स्थानीले पटक पटक जग्गा अधिकरण गर्दा मानिसहरुको उठिबास भएको बताएका छन् । स्थानीय संर्घष समितिका संयोजक गनेश पौडेलले एउटै आयोजनाले एकै व्यक्तिलाई पटक पटक उठाएर उठिबास बताएको बताए । उनले एउटै व्यक्ति आयोजनाले गर्दा चारपटक सम्म सर्नु पर्ने अवस्था आएको बताए ।आयोजनालाई विमानस्थलको ह्याङ्गर, आयल डिपोट, ग्लाईडपथ निमार्णका लागि जग्गा आवश्यक भएपछि जग्गा अधिकरण गर्न लागेको आयोजनाका वरिष्ठ अधिकृत इन्जिनियर कृष्ण पौडेलले जानकारी दिए । उनले सर्वे गरि सकेपछि कति जग्गा विमानस्थललाई आवश्यक हुन्छ त्यती नै जग्गा आयोजनाले अधिकरण गर्ने बताए ।
साविकको छिनेडाँडा वडा नम्बर १, २, ३ मा पर्ने जग्गा कार्यालयबाट पूर्व तर्फको सिमानाबाट ४ सय मिटर पूर्व तर्फ र दक्षिण तर्फ तारबारबाट ४० मिटर दक्षिण पूर्व भागमा करिब १ किलो मिटर क्षेत्रमा थप जग्गा अधिग्रहण गर्ने सभावना अध्ययनका लागि सर्वे गर्न लागेको आयोजाले निकालेको सुचनामा उल्लेख छ । आयोजनाले साउन २२ गते देखी थप जग्गा अधिग्रहणको लागि सर्वे गर्ने भनेपनि स्थानीयको अवरोधका कारण सर्वे हुन सकेको छैन । सरकारले अहिले सम्म करिब ३२ सय जग्गा अधिग्रहण गरिसकेको छ ।

संर्घष समिति गठन
बिहीबार विहान बसेको स्थानीहरुको भेलालो गनेश पौडेलको संयोजकत्वमा २५ सदस्यी सर्घष समिति गठन भएको छ । समितिले सबै सगँ छलफल गरेर आन्दोलनका कार्यक्रम तय गर्ने पौडेले बताए । उनले पहिले जग्गा अधिग्रहण गर्दा सरकारले मुअव्जा निकै कम दिने गरेको बताए । एक रोपनीको मुअव्जाको रकमले नजिकै घडेरी समेत किन्न नपुग्ने गरेर मुअव्जा दिने गरेको उनको भनाई छ । उनले जनतालाई मुअव्जा मात्रै दिएर नहुने भन्दै क्षेतिपुर्ति समेत दिनु पर्ने बताए । उनले ठुलो आयोजना बनाउदा पहिले नै योजना अनुसार काम हुनु पर्नेमा पटक पटक जनतालाई दुःख दिने काम भएको बताए ।
Published at: 

0 Comment:

Post a Comment