मेरा शब्दहरू माथि–माथि उड्छन्
मेरा विचारहरू तलतिरै रहन्छन्
विचारविहीन शब्दहरू
कहिल्यै स्वर्ग पुग्दैनन् ।
– विलियम शेक्सपियर, ह्याम्लेट
ग्र्याजुएसनको अन्तिम परीक्षा दिएर डेरामा फर्केको साँझ ठानेँ, मेरा अगाडि अब दुईवटा बाटा छन् । एउटा, काठमाडौंमै बस्ने र मास्टर्स सक्ने । अर्को, पोखरा फर्किने र भैपरी आएको जिन्दगी बाँच्ने ।
मैले दोस्रो बाटो हिँड्ने निर्णय लिएँ । सायद मलाई औपचारिक पढाइदेखि वितृष्णा जागिसकेको थियो । त्यही साँझ डायरीमा एउटा लिस्ट बनाएँ । शीर्षक राखेँ, रहरको लिस्ट । ठानेँ, यति रहर पूरा गरेपछि जिन्दगी बाँचिन्छ । बाँचेको सार लाग्छ ।
मेरो रहरको लिस्ट यस्तो थियो :
१) हेडमास्टरलाई गोद्ने : स्कुल पढ्दाका एकजना हेडमास्टर थिए जसलाई आफैँले गोदेर वा अरूमार्फत गोदाएर म सात वर्ष पुरानो कुण्ठाबाट निवृत्त हुन चाहन्थेँ ।
२) बन्जी जम्प गर्ने, प्याराग्लाइडिङ गर्ने, भोटेकोसीमा -याफ्टिङ गर्ने, एक्लै थोरङ्ला क्रस हान्ने ।
३) संसारका सबै देशमा कम्तीमा एकजना साथी बनाउने ।
४) दिनको एउटा कविता, हप्ताको एउटा किताब र सिनेमा सक्ने । संसारका सबै देशका कम्तीमा पाँच–पाँचवटा सिनेमा हेर्ने, एउटा उपन्यास पढ्ने, एउटा–एउटा कवितालाई नेपालीमा अनुवाद गर्ने ।
५) जोगी भएर देश घुम्ने, सके विदेश
पनि हान्ने ।
६) अलग–अगल देश, वर्ण, बुनोट र जातिका स्त्रीसँग सेक्स गर्ने ।
७) कुनै अञ्जान सहरको मूलबाटोमा एक महिनाजसो भिख मागेर खाने ।
८) कुनै अज्ञात बस्तीको सम्भ्रान्त घरमा घरेलु कामदार भएर एक वर्ष बिताउने ।
९) बाँसुरी वा सारंगी बजाउन सिक्ने ।
१०) मन परेका लेखकलाई कहिल्यै नभेट्ने, तर मन परेकी लेखिकालाई सकभर नछोड्ने ।
११) अभिनय सिक्ने र नाटकमा खेल्ने ।
१२) स्पेनी भाषा सिकेर त्यसमा एउटा कवितासंग्रह निकाल्ने ।
१३) एउटा मात्रै उपन्यास लेख्ने । मरिकाटे
अरू नलेख्ने ।
१४) पेन्टिङ सिक्ने । सकेसम्म पेन्टरलाई गर्लफ्रेन्ड बनाउने, उस्तै परे बिहे गर्ने ।
१५) सबै प्रकारका लागुऔषधमा कम्तीमा एकपटक ढलमग्न हुने ।....
जम्माजम्मी सयवटा बुँदा थिए, अहिले यत्ति राखेँ । यति पढ्दापढ्दै मेरो रहरको लय र बान्की पक्रिनु भएको भए बाँकी ८५ वटा आफैँ थप्न सकिहाल्नुहुन्छ । म सोच्थेँ, यति गरेँ भने बाँच्नुको अर्थ पूरा हुनेछ । जिन्दगी र संसारप्रति खासै गुनासो हुनेछैन ।
मलाई लाग्छ, ग्र्याजुएसन गरेपछि रहरका यस्ता लिस्ट अरूले पनि बनाउँछन् । कति मजस्ता हुन्छन्, जसले डायरीमा लेखेरै यस्ता लिस्ट बनाउँछन्, कतिले मनमनै बनाउँछन् । तपाईंले पनि पक्कै बनाउनुभएको होला । लिस्ट न हो, बनाउँदैमा के फरक पर्छ र ? तपाईंले अझै नबनाएको भए अब बनाए पनि हुन्छ । रहरको जिन्दगी बाँच्न कहिल्यै ढिला भइसकेको हुँदैन ।
अन्तिम परीक्षा सकिएको साँझ मसँग दारु खाने पैसा थिएन । खासमा पैसै थिएन । जाऊँ कहाँ जाऊँ, गरुँ के गरुँ ? भर्खर परीक्षा सकिएको दिन, किताब त के मलाई पत्रिकासमेत पढ्न मन थिएन । अक्षर देख्दैमा अल्छी लाग्ने भइसकेको थिएँ । तिनताका आउन त मोबाइल आइसकेको थियो, तर मसँग हुने कुरै थिएन । सम्झन्छु, त्यसवेला व्यापक क्रान्तिकारी पार्टी भनिने एमालेका एकजना धनाढ्य नेतालाई ‘तपाईं कम्युनिस्ट (वा यस्तै अर्को शब्द पनि हुन सक्छ) भएर खल्तीमा मोबाइल बोकेर हिँड्ने ?’ भनेर हिजोआजैतिर बिबिसी नेपालीका एक अन्तर्वार्ताकारले झाँको झारेका थिए । त्यो पनि लाइभ । म बरा डेरावाल विद्यार्थी ! कोठामा रेडियोधरि थिएन, मोबाइल परको कुरा !

साइबरक्याफे पूरै कीर्तिपुरभरि थिएन । सहरमा थिए, तर जाने पैसा थिएन । (फेसबुक र ट्विटरलाई जन्माउने मनुवाहरू सायद नर्सरीतिर एबिसिडी पढ्दै थिए ।)
अनि के गर्नु ? पाडाको कुभो कन्याउने मेलो समातियो । कोठामा एक्लै धुम्धुमिएर रहरको त्यो लामो लिस्टलाई पटक–पटक पढेँ । जति–जति लिस्ट दोहो-याउँदै पढे उतिउति भएभरका सबै बुँदा सलल्ल कण्ठ हुँदै आए । जति–जति ती मुखाग्र हुँदै गए मुख उति–उति ङिच्च पर्दै गयो । खल्तीमा दुम्सो नभएको वेला आफ्नै रहरले गिज्याउँदो रहेछ । मलाई रहरको लामो फेरो देखेर टीठलाग्दो हाँसो उठ्यो । त्यसलाई छोट्याइदिने र छरितो रहर पालेर बस्ने मनसुबा आयो । आफ्नो रहरको सम्पादकमा आफैँलाई नियुक्त गरेँ अनि त्यसमा रन्दा लगाउन थालेँ । बिस्तारै–बिस्तारै सयको लिस्ट पचासमा झ-यो, पचासबाट तीस, तीसबाट पन्ध्र, पन्ध्रबाट पाँच अनि अन्तिममा एक । मात्र एक ।
तपाईं भए अन्तिम रहर बनाएर केलाई रोज्नुहुन्थ्यो होला ? मैले कुन रोजेको थिएँ होला ?

भो छोड्नुस् यस्ता रहरको रोजाइ, यस्ता उटाटापी बुँदा ! यस्तो रहरको कल्पनाले बेफ्वा“कमा उदास मात्रै बनाउँछ । मलाई उदास हुन झ्याउ लाग्छ । ङिच्च पर्न अल्छी लाग्छ । लिस्टबाट रहर छाँटिरहँदा अचानक सोचेँ, रहरको लहरमा एउटा मात्रै बुँदा बाँकी रहने मान्छे त अन्तिम प्रहरमा पो हुन्छ । धमिलो आवाजलाई कानमा लर्ब¥याउँदै कसैले सोधेको हुन्छ, ‘बाजे, तपाईंको अन्तिम इच्छा के छ ?’
मर्नुअघि कसैले अन्तिम इच्छा सोधोस् भन्ने म कदापि चाहन्नँ । आनन्दले मर्ने समयमा ठसठस कन्दै ‘बाबु, मलाई यो पु-याइदेऊ’ भन्नुजस्तो निस्सार जिन्दगी के हुन्छ ? सोचाइ आउनेबित्तिकै रहर सम्पादकको पदलाई त्याग गरेँ । अघिका सम्पादित कागजलाई च्यातचुत पारेर डस्टबिनमा मिल्काइदिएँ । मलाई अन्तिम इच्छा रोज्नु थिएन । मलाई यति चाँडै मर्नु थिएन । बरू इच्छै–इच्छाको विशाल पहाड बनाउनु थियो । मलाई नयाँ–नयाँ इच्छा थपिरहन सक्ने भएर बाँच्नु थियो ।
आजकाल सोच्छु, मैले बनाएको त्यो लिस्टमध्येबाट कतिवटा रहर पूरा गरेँ ? कतिवटा अधुरा रहरले मलाई कुरिबसेका छन् ? के ती अझै रहरकै लिस्टमा त छन् ? कि रहर झ्याउमा बदलिइसके ?

मर्नुअघि कसैले अन्तिम इच्छा सोधोस् भन्ने म कदापि चाहन्नँ । आनन्दले मर्ने समयमा ठस्ठस् कन्दै ‘बाबु, मलाई यो पु-याइदेऊ’ भन्नुजस्तो निस्सार जिन्दगी के हुन्छ ? सोचाइ आउनेबित्तिकै रहर सम्पादकको पदलाई त्याग गरेँ । अघिका सम्पादित कागजलाई च्यातचुत पारेर डस्टबिनमा मिल्काइदिएँ । मलाई अन्तिम इच्छा रोज्नु थिएन । मलाई यति चाँडै मर्नु थिएन ।
कहिलेकाहीँ त यस्तो पनि सोच्छु, मैले टिपोट गरेका रहरको पूरै लिस्ट बाँच्ने एउटा रहरलाग्दो पात्र बनाऊँ र त्यसकै नामका मैले लेख्ने भनेको त्यो एउटा उपन्यास लेखूँ । आफ्ना हरेक रहरलाई एकपछि अर्को गर्दै पूरा गर्न खोज्ने उसको कोसिस, त्यसका लागि उसले गर्ने उटाटापी उपद्रो, षड्यन्त्र वा संघर्षको किस्सा पक्कै रोमाञ्चक हुन्थ्यो होला । त्यो कतै थ्रिलरजस्तो, कतै सस्पेन्सजस्तो, धेरथोर हररजस्तो स्वादिलो आख्यान हुन्थ्यो होला !
रहर बाँच्ने भनेर पोखरा त फर्के, तर पोखराले रहर बाँच्न दिएन । मैले रहर त के कल्पनासमेत नगरेको पेसा मास्टरी गर्न थालेँ । एक्काइस वर्षको रहरलाग्दो जिन्दगीलाई चक घोटेझैँ, होइन चक घोटेरै सक्काउन थालेँ । स्कुल र युनिभर्सिटी देखेर दिक्कार लाग्ने मान्छे म, त्यसैको मतियार कारिन्दा हुन पुगेँ । थुक्क जिन्दगी ! मास्टरीको भ-याङ उक्लिएर उमेर चढाउँदै जाँदा रहरको सग्लो शरीरबाट कतिले मुटु झिके कतिले माया ।
कतिले आँखा झिके कतिले आँसु । कतिले पैताला झिके कतिले गन्तव्य । साँच्चै ग्र्याजुएसनपछि घर फर्केको म रहरको भारी थाम्नै नसक्ने गरी बुढो भैसेकेको थिएँ । इमर्शनको भनाइजस्तै ग्र्याजुएसनपछि घर फर्कंदा नियतिले मलाई अर्कै मान्छे बनाइदिएको थियो । त्यसो त आइन्स्टाइनले पनि भनेकै हुन्, मेरो सिकाइलाई अवरोध गर्ने एउटै कुरा शिक्षा हो । मेरो शिक्षा नै मेरो जिन्दगीको घाँडो भएर उभियो ।तर, न म इमर्सन थिएँ न आइन्साटाइन ! अरू त अरू ममा ‘म’ भन्ने जिनिससमेत थिएन । औसत मान्छेले आफू जे होइन, त्यही बाँचेर जिन्दगी सक्काउँछ । म औसतभन्दा पनि तल्लो दर्जाको जिन्दगी बाँचेँ ।
हाम्रो समाज र शिक्षापीठले हामीलाई सपना देख्न बारबन्देज लगाउँछ । संसारभरका समाज र शिक्षालयको मौलिक उद्देश्य खासमा त्यही हो । विद्यार्थीको मस्तिष्कको गोजेरोमा हात घुसार्नु अनि बल गरीगरी तानेर उसका रहरलाई एक–एक गर्दै एम्प्युटेट गर्नु, चटाचट चुँडालेर फाल्नु ।ग्रेटेलको खल्तीबाट फुतुफुत खसिरहने रोटीका टुक्राजस्तै हुन् मान्छेका सपना । फर्किने बाटो नबिराउने लोभमा हामी आफ्ना रहरका टुक्रालाई उमेर र एड्युकेसनसँगै फाल्दै–फाल्दै जान्छौँ । तर, अन्तिममा बाँकी रहेको एउटा सानो टुक्राले न हाम्रो भोक मेटाउन सक्छ, न अघि खसालेका टुक्राले हामीलाई बाटो देखाउनै सक्छन् ।
बाटोमा खसालेका टुक्रालाई बनचराले उडाइसकेका हुन्छन् । कथामा झैँ न हामीलाई बाटो देखाउन कुनै रजहाँस आउँछ न हामी कुनै केकको कुटीसम्म पुग्न पाउँछौँ । असत्ते बूढीको देहान्त र खजानाको प्राप्ति झन् परका कुरा भए । र मान्छे हराउने भनेको यसरी नै हो रहेछ । मिसलेड, मिसगाइडेड । युनिभर्सिटीबाट निस्किएको हरेक मान्छे खासमा मिसगाइडेड हिरो हो । त्यसो त युनिभर्सिटीमैँ छँदा पढेको थिएँ सेक्सपियर । ओफेलियालाई ह्याम्लेटले भनेको एउटा संवादपंक्तिले हरेकपटक मलाई जिस्क्याइरहन्छ : गड ह्याज गिभन यु वन फेस, एन्ड यु मेक योरसेल्फ अनोदर । (ईश्वरले तँलाई एउटा अनुहार दिएको छ , तर तैँले आफूलार्ई अर्कै कोही बनाउँछस् ।)
मान्छेहरू सदैव अरू कोही बाँच्छन् । आफू बाँच्नै सक्दैनन् । मान्छेले ऐनामा समेत कहिल्यै आफूलाई हेर्दैन, देख्दैन । उसले देख्ने छायाँ एउटा तुलनामा मात्रै हो । फलानाको जस्तो मेरो आँखा छ, अथवा छैन । फलानोको जस्तो मेरो नाक छ, अथवा छैन । अरूसँग नभए आफैँसँग पनि दाँजिन्छ मान्छे : म हिजोजस्तो देखिन्छु, अथवा देखिन्नँ । हिजो नाकमा ठुस्स हुने घिरौला आज किन खाऊँ–खाऊँ लाग्छ ? हिजो हिरिक्कै थिएँ उसँग आज किन देख्दै झ्याउ लाग्छ ? म किन मजस्तो छैन ? हिजोको म खासमा म थिएँ कि आजको म खासमा म हुँ ? के म कहिल्यै म थिएँ ? कि म, म हुनै बाँकी हुन्छ ?ह्याम्लेटको त्यही संवादले पछ्याएको पछ्यायै गरेर मैले उसकै छेकलमा ‘पैताला’भित्र एउटा वाक्य घुसाइदिएको थिएँ, वालेटको चिठीमा । उसले जोस्मणीलाई लेख्छ– ‘जतिसक्दो आफू हुने प्रयास गर्नू !’
तर, त्यो आफू हुनु भनेको के हुनु हो ?त्यो कसरी हुन सकिन्छ ? सक्न त सकिन्छ ?अंग्रेजीमा कतै एउटा फेन्सी हरफ पढेको थिएँ, “लाइफ र लिभिङ फरक कुरा हुन् ।” तर मलाई लाग्छ, त्यसको फरक थाहा नपाउँदै मान्छे मर्छ । हामी आफ्नो ज्ञान, सीप, ओहोदा, पेसा वा पुरस्कारलाई नै आफ्नो जिन्दगी ठान्छौँ, आफू ठान्छौँ । तर, ती खासमा जीवन नभएर जीवनयापन हुन् । एउटा जागिरेले जागिर खानुबाहेक अरू जे गर्छ खासमा उसको जिन्दगी त त्यो पो हो कि ! लिभिङको कमाइलाई जेमा खर्च गर्छौं त्यो बल्ल लाइफ पो हो कि ! यो त अलि उपभोक्तावादी कुरा आयो । जिन्दगीको सवालमा ‘उपभोक्तावाद’ होइन ‘उपभोगवाद’ सही सुनिन्छ । उपभोक्तावादीले फेसन फेरिएपछि पुरानो कपडा फेर्छ । उपभोगवादीले कपडा नच्यातिउन्जेल लगाउँछ । (तपाईंको वार्डमा पाँच–सातपटक मात्रै लगाएका कति जोर कपडा छन् ? सद्दे छँदै थन्क्याएका कति जोर जुत्ता छन् ? तपाईंले नफाटिउन्जेल लगाई हिँडेको अन्तिम कपडा कुन थियो ?)
ग्र्याजुएसन गरेपछि रहरका यस्ता लिस्ट अरूले पनि बनाउँछन् । कति मजस्ता हुन्छन्, जसले डायरीमा लेखेरै यस्ता लिस्ट बनाउँछन्, कतिले मनमनै बनाउँछन् । तपाईंले पनि पक्कै बनाउनुभएको होला । लिस्ट न हो, बनाउँदैमा के फरक पर्छ र ? तपाईंले अझै नबनाएको भए अब बनाए पनि हुन्छ । रहरको जिन्दगी बाँच्न कहिल्यै ढिला भइसकेको हुँदैन ।
यो मेरो ठम्याइ हो । तपाईंलाई यसमा विमति राख्न छुट छ । तपाईंले जेसुकै मत राख्नोस् त्यसले मेरो ठम्याइलाई, मेरो जिन्दगीलाई खास फरक पार्दैन । फरकै पार्दैन । फरकै पारे पनि बाल मतलब !त्यो गुमेको सपनाको धन फिर्ता गर्न मलाई पूरै १२ वर्ष लाग्यो । युनिभर्सिटीले रटाएको जिन्दगीको ज्ञानलाई विस्मरण गर्न मलाई पूरै १२ वर्ष लाग्यो । आशो भन्थे, “अन्लर्निङ इज मोर डिफिकल्ट टास्क द्यान लर्निङ ।”त्यो रहरको जिन्दगी बाँच्न सक्छु भन्ने हिम्मत जुटाउन मलाई पूरै १२ वर्ष लाग्यो । म खोलो फर्किएँ । मेरो त्यो डायरी हराए पनि स्मृति हराएको थिएन, फक्र्यो ।
आजकाल मस्त छु । घडीलाई फुकालेको दिन मान्छे मस्त हुँदो रहेछ । आजकाल घडीले होइन, म ‘बडी’ले चल्छु । ११ बजिसक्यो, अब भात खानुपर्छ भनेर खाँदिनँ, भोक लागेका वेला खान्छु । रातिको दश बज्यो अब सुत्नुपर्छ भनेर सुत्दिनँ, निद्रा लागे सुत्छु, नत्र पढेर बसिदिन्छु । बिस्तारामा घाम प-यो अब उठ्नुपर्छ भनेर उठ्दिनँ, निद्रा जहिले पुग्छ त्यहिले उठ्छु । हिजो घरपालुवा अर्थात् डोमेस्टिकेटेड थिएँ अहिले प्राकृतिक अर्थात् वाइल्ड भएको छु । (मैले एकपटक ट्विट गरेको थिएँ : म्यान इज द फस्ट डोमेस्टिकेटेड एनिमल ।)
जँड्याहालाई साँझ पर्नेबित्तिकै रक्सीको तलतल लागेजस्तै खल्तीमा पैसा जगेडा हुनेबित्तिकै मेरो पैताला चिलाउन थालिहाल्छ । मलाई बचतमा विश्वास छैन । बैंकमा राखे पैसाले ब्याज दिन्छ, लगानी गरे नाफा, घुमेर सके स्मृति । ब्याज वा नाफा कमाउने कि स्मृति भन्ने कुराको वादविवादसम्म पनि म गर्दिनँ । विनाबहसको सोझो फैसला यही हुन्छ : उठ जोगी फट्कार छाला, जहाँ जाला भातै खाला ।
अहिलेलाई यत्ति !
अहिलेलाई यत्ति !
Published at:
0 Comment:
Post a Comment