Contact Form

Name

Email *

Message *

Sunday, August 12, 2018

पोखरा विमानस्थल आयोजनाले स्थानीयलाई दुःख दिएको भन्दै बन्यो प्रतिकार समिति

पोखरा, २५ साउन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई पोखराले  पटक–पटक जग्गा अधिग्रहण गरेर दुःख दिइएको भन्दै स्थानीयबासी आक्रोशित बनेका छन् ।
आक्रोशित स्थानीयले आयोजनाविरुद्ध प्रतिकार समिति गठन गरिएको छ । यसअघि नै उस्तै प्रकृतिको समिति बने पनि उक्त समितिले सरकारी एजेन्टको भूमिका खेलको भन्दै स्थानीयले नयाँ समिति गठन गरेका हुन् ।
आयोजनाले साउन २२ गते बिना जानकारी थप जग्गा अधिग्रहणको लागि प्राविधिक टोली सर्वेमा खटाएको थियो । साविक छिनेडाँडा वडा नं १, २, ३ का स्थानीयले आयोजनाका टोलीलाई लखेटेर प्रतिकार गरेका थिए ।
आयोजनाले विमानस्थलको लागि थप जग्गा आवश्यक परेको भन्दै साउन २१ गते पोखरा–१४ वडा कार्यालयलाई पत्र पठाएको बताइएको छ । यद्यपि, आयोजनाले स्थानीयलाई भने कुनै जानकारी नै नदिएको आरोप लगाएका छन् । एक स्थानीय भन्छन्, ‘हामी प्राविधिक टोलीलाई सर्वे गर्न दिँदैनौं ।’
नवगठित प्रतिकार समितिका संयोजक गनेस पौडेलले जग्गा धनीलाई पटक पटक पीडित बनाएपछि प्रतिकार समिति गठन गरिएको स्पष्ट पारे । उनले आक्रोश पोख्दै भने, ‘यत्रो ठूलो आयोजनालाई कति जग्गा चाहिन्छ भन्ने पहिलेनै तय गर्नु पर्दैन ?’
उनले पटक पटक जनतालाई दुःख दिन नपाइने भन्दै अहिलेसहित गरेर ७ औं पटक अधिग्रहणको शृङ्खला चलाएर जनतालाई आतंकित गरिएको आरोप लगाए ।
२५ सदस्यीय नवगठित प्रतिकार समितिका संयोजक पौडेलले भने, ‘समितिको मुख्य काम अब जग्गा अधिग्रहण गर्न नदिनु हो ।’
उनी भन्छन्, ‘स्थानीयले सम्बन्धीत निकाय र महानगरपालिकाबाट स्वीकृत लिएर घर बनाएका छन् । कति घरका पिल्लर उभिँदै छन् । कतिका जग खन्दै छन् । कतिका सम्पन्न लिन मात्रै बाँकि छन् । अब फेरी त्यो घर छाडेर जनता कहाँ जाने ? एउटै परिवार एउटै परियोजनाको नाममा ३ पटकसम्म विस्थापित हुनुपरेको छ । योजस्तो अमानवीय आतंकित लखेटाई अरु के हुन्छ ?’
विमानस्थल निमार्णको क्रममा ह्याङ्गर, आयल, डिपोट, ग्लाईड पाथ तथा अन्य पुर्वाधार निर्माण गर्नको लागि जग्गा अपुग हुने भन्दै आयोजनाले ती स्थानहरुमा जग्गा अधिग्रहण गर्न लागेको हो । आयोजनाले वडा कार्यालयलाई साविक छिनेडाँडा वडा नम्बर १, २, ३ मा पर्ने जग्गा कार्यालयबाट पूर्वतर्फको सिमानाबाट ४ सय मिटर पूर्व तर्फ र दक्षिण तर्फ तारबारबाट ४० मिटर दक्षिण पूर्व भागमा करिब १ किलो मिटर क्षेत्रमा थप जग्गा अधिग्रहणको सम्भावना अध्ययनको लागि २०७५/४/२२ गतेदेखी सर्बे कार्य सुरु गर्नको लागि सम्बन्धीत जग्गा धनीलाई जानकारी गराई आवश्यक सहयोग गराई निर्देशन अनुसार अनुरोध गर्दै पत्र पठाएको थियो ।
आयोजनाले वडा कार्यालयलाई लेखेको पत्र-
 Published at: 

0 Comment:

Post a Comment