Memo to the Hon' Minister Yogesh Bhattarai


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित स्थानीयको
संघर्ष समितिद्वारा
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
श्री योगेश भट्टराई समक्ष पेश गरिएका
चिन्ता र चासोका बुँदाहरू :



१४८ रोपनी नयाँ अधिग्रहण गर्ने मन्त्रीपरिषदको निर्णयले हामी सशंकित भएका छौँ । यसको कार्यान्वयनपूर्व बिस्तापितको पुनर्बास र मुआब्जाको निर्णयमा प्रभावितको संलग्नताको ग्यारेन्टी गरियोस् । बिस्थापित बारेमा गरिने अन्तराष्ट्रिय संधी सम्झौताको पूर्ण पालना गरियोस् । बिगतमा झैँ साँधकिल्लामा आधि जग्गा पनि किन्न नपुग्ने गरी मुआब्जा निर्धारण गरिएको अन्यायपूर्ण अबस्था सिर्जना नहोस् ।
घरको मुआब्जा दिँदा मूल्यह्रास प्रणाली लागू नगरियोस् । आवासको सट्टामा उत्रै आवासको निर्माण हुन पुग्ने रकम क्षतिपूर्तिवापत दिइयोस् । मुआब्जा वितरणको बेलामा लाभाँस कर लिने प्रावधान खारेज गरियोस् ।
करिब ५ हजार रोपनी क्षेत्रमा सिचाईँको उपलब्धता अनिश्चित भएकोले यसको स्पष्ट कार्यायोजना नागरिक उड्डयन प्राधिकरणले अबिलम्ब पेश गरोस् । हिँउले बालीमा सिँचाई उपलब्ध होओस् वा बालीको क्षतिपूर्तिको दिइयोस् ।
विमानस्थल निर्माणका क्रममा विगत ५ दिनदेखि काटिएको खानेपानीको पाइप, इन्टरनेट तथा अन्य सेवा प्रदायकका तार तुरुन्त जोडियोस् ।
२०७१ सालमैं अधिग्रहणमा परी मुआब्जा वितरण गर्न बाँकि ७ परिवारको १५ रोपनी जग्गाको नयाँ मूल्याङ्कन सहितको मुआब्जा अबिलम्ब वितरण गरियोस् ।
१४८ रोपनी नयाँ अधिग्रहणमा नपरेका तर अझै पनि रोक्कामा परेका जग्गाहरु फुकुवा होउन् ।
जग्गा दाताको सूची राखी निर्माण चरणबाटै प्रभावित बासिन्दालाई ग्राह्याताका साथ रोजगारी दिने वातावरण बनोस् ।

For detailed file please follow this link and download:

https://www.dropbox.com/s/inudkie50m4vk95/Memo%20to%20Yogesh%20Bhattarai.pdf?dl=0


प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment