Friday, July 13, 2018

छुटेका अनुहारमाथिको खुद्रा टिपोट



         त्यसो त किताब निस्कनेबित्तिकैको हप्तामा मैले सामाजिक संजालमा हतारको प्रतिक्रियास्वरुप लेखेको थिएँ, सायन पूर्वजन्ममा सायद कुनै प्रशिद्ध झेन गुरु हुनुपर्छ । तर त्यसो लेखिरहँदा मलाई थाह थाह थियो सायन मान्छेलाई मान्छे नटेर्ने, मैंबुझक्कड मार्काको अटल अहंकारी र पटके अत्तो थापेर अत्याउने अक्कडबहादुर हो भन्ने कुरा । छुटेका अनुहारखासमा मेरा यी दुबै बुझाईको सदर टिपोट पनि हो ।
        पुजीँवाद, बजारीकरण र उपभोक्तवादको चेपबाट बनेका सामाजिक, आत्मिक र आर्थिक सम्बन्धको अभेद्य टेपेस्ट्रीबाट सायनले यस्ता सस्याना तथापि प्रतिनिधिमूलक रेशाहरू निकालेका छन् जसको इमान्दार र मिहिन वर्णनले हाम्रो आडम्बरलाई जिस्क्याइरहन्छ । उनले हाम्रो सामाजिक र आर्थिक युगको असाध्य प्रतिनिधित्व गरेर तपाईँ हाम्रो हृदयतलको त्यस्तो घाउमा घोचेका छन् जसको स्मरण मात्रैले पनि हामीलाई सर्वाधिक दुख्ने गथ्र्यो । 
         माओवादी युद्धले ल्याएको भनेको गणतन्त्रको स्थापना खासमा एउटा एउटा भद्दा पिरिक भिक्ट्री मात्रै हो भन्ने कुरामा शंका गर्न कुनै बहसको आयोजना गर्न पर्दैन । आम नागरिको जीविकाको सवालमा ज्ञानेन्द्र शाह हुनु वा विद्या भण्डारी हुनुको अन्तरलाई स्थापना गर्न नसक्दासम्म मेरा रिजनिङ यही हुन्छ । रमेश मेरो रिजनिङ भित्रकै मनुवा रहेछन् ।

0 Comment:

Post a Comment